मातृभूमिप्रतिको स्नेह
लामो समयदेखि राजनीतिक तरलताले सिथिल र अस्तव्यस्त जस्तै बन्न पुगेको देशको खेलकूद क्षेत्रमा तरङ्ग उत्पन्न हुने गरी पोखराका उत्साहित भूतपूर्व खेलाडीहरुले खेलकूद क्षेत्रमा उदाहरणीय पाईलाहरु अगाडी बढाउँदै आएको छ । यसै सिलसिलामा खेलकूद क्षेत्रको उदासिनतालाई चिर्दै खेलकूद क्षेत्रमा विगत लामो समयसम्म महत्वपूर्ण योगदान दिएका खेलाडीहरुलाई समेटेर खेलाडीहरुको साझा मञ्च, भूतपूर्व खेलाडी मञ्च पोखराको गठनको खबरले हामी विदेशमा रहेका नेपाली खेलप्रेमीहरुलाई हर्षले गद्गद् बनाइको छ । मञ्चको गठनको खबरसँगै त्यसको सफलताको लागि शुभेच्छा र शुभकामना पनि हामीले पाएका थियौँ ।
वास्तवमा, त्यो पाईला पोखराको मात्र नभई देशकै खेलकूदको क्षेत्रमा पुनर्जागरणको लागि महत्वपूर्ण कडी सावित भएको छ । देशको यूवाशक्तिलाई सही बाटोमा डो¥याउने, उनीहरुको सर्वाङ्गिण विकासको लागि सहयोग गर्ने र उनीहरुमा प्रतिस्पर्धाको भावना जगाई उज्जल भविष्यको बाटो देखाउने काम खेलकूद क्षेत्रले नै गर्ने गर्दछ । यसै भएर नै हो, खेलकूदलाई विकास, अनुशासन र गतिशीलताको पर्यायको रुपमा चित्रण गर्ने गरिन्छ । पोखराको यस भूतपूर्व खेलाडी मञ्चले त्यही आशा जनाएको छ खेलाडीहरुमा ।
यस मञ्चले आफ्नो प्रारम्भिक कार्यक्रम क्षतविक्षत र अलपत्र परेर बसेको पोखरा रङ्गाशाको संरक्षण, संरक्षण, सम्वद्र्धन विकासबाट सुरु गरेको छ । विश्वमा नै अत्यन्त्यै सुन्दरतम् शहरहरुमध्ये एक रमणीय र सुन्दर नगरी पोखराको त्यो रङ्गशाला पोखराको गहना जस्तै थियो । अन्नपूर्ण, माछापुच्छ«े र धौलागिरी हिमालको काखमा अवस्थित यस रङ्गशालाबाट देखिने हिम श्रृङ्खलाहरुको मनोरम दृष्यलाई नियाल्दा जो कोही पनि मन्त्रमुग्ध नहुने कुरै थिएन । यस्तो रङ्गाशालाका संरक्षण हुन नसक्दा विभिन्न असामाजिक क्षेत्रहरुबाट यसको अतिक्रमण भई रङ्गाशालाको स्वरुप नै समाप्त प्रायः गरिएको थियो । उहाँहरुको कार्य थालनीको त्यो प्राथामिकता संयुक्त अधिराज्य बेलायतमा बसिरहेका हामी खेलप्रेमीहरुलाई पनि औधी मन परेको विषय थियो । र मञ्चले गरेको अनुरोधलाई सहर्ष स्वीकार गरि रङ्गशालाको संरक्षण र सम्वद्र्धको लागि सहयोग गर्ने प्रतिवद्धता हामीले ग¥यौँ ।
मञ्चले सहयोगको लागि गरेको अनुरोध अनुशार हामीले तमू धीं यूकेको नेतृत्व र सक्रियतामा रङ्गशालाको पर्खाल र गेट निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तिव्रतका साथ अगाडी बढायौँ । यही क्रममा तमू धीं यूकेका संस्थापक कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार सुर्य गुरुङको संयोजकत्वमा “पोखरा रङ्गशाला पर्खाल तथा गेट निर्माण आर्थिक सङ्कलन समिति” गठन गरी सहयोग संकलनको अभियानलाई सञ्चालन ग¥यौँ । सहयोग संकलनका लागि बेलायतमा बसोबास गर्ने हजारौँ नेपाली तथा विदेशी खेलप्रेमी माझ पुगी सहयोग उठाउने काम ग¥यौँ । कोष संकलनकै लागि नेपालबाट विभिन्न कलाकारलाई बेलायतबाट ल्याई साँस्कृतिक कार्यक्रमको आयोजना पनि ग¥यौँ । तमू धीं यूकेको संस्थाकै नाममा रङ्गशालाको मूलगेट बनाईदिेने निर्णय पनि ग¥यौँ र सोही बमोजिम अन्य विभिन्न गेट र पर्खाल निर्माणको लागि सहयोगहरु संकलन गर्ने काम हामीले सम्पन ग¥यौँ ।
तमू धीं यूकेको सक्रियतामा बेलायतबासी खेलप्रेमीहरुले गरेको यो सहयोगले पोखराको स्थानिय खेलकूदको विकासमा निकै ठूलो सहयोग पुगेको हुनुपर्दछ । रङ्गशालालाई पर्खालद्धारा सुरक्षित गरिंदा यसमाथी हुने अतिक्रमण रोकिएको छ , रङ्गशाला व्यवस्थित भएको छ, खेलकूदलाई नियमित, योजनाबद्ध र व्यवस्थित रुपले सञ्चालन गर्न अवश्य पनि मद्दत पुगेको हुनुपर्दछ । बेलायतमा रोजगारी बसेका नेपालीहरुले आफ्नो पसिनाको सानो अंश यस शिर्षकमा सहयोगको लागि प्रदान गरेको हो । म सहयोग संकलन समितिको तर्फबाट सम्पूर्ण सहयोगदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु र सहयोग गर्ने अवसर प्रदान गरेकोमा भूतपूर्व नेपाललाई धन्यवाद दिन्छु । यो थोपा–थोपा मिलि समुन्द्र बने जस्तै हो । र बेलायतमा बसेका नेपालीहरुले आफ्नो देश, मातृभूमि र जन्मभूमि प्रतिको दर्शाएको मायाको सन्देश पनि हो ।
देशमा खेलकूदको दिगो विकास गर्ने आधार भनेको त सरकारको दुरदृष्टिकोण सहितको योजनाबद्ध कार्यक्रम नै हो । विकासको हामीहरुले गर्न सक्ने सहयोग त केवल सहायक मात्र हुन् । हामीहरु नेपालले खेलकूदमा विकास गरेको हेर्न चाहिरहेका छौँ । नेपाल सरकारले दिर्घकालिन सोचहरुका साथ उपयुक्त खेलकूद नीतिहरु ल्याओस् सरकारसँग हाम्रो त्यही माग छ । भूतपूर्व खेलाडी मञ्चले छोटो अवधीमा पनि पोखराको खेलकूदको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको छ । यो अत्यन्त प्रशंसनीय छ । म मञ्चको उत्तर–उत्तर प्रगतिको कामना गर्दछु । म मञ्चको अध्यक्ष ज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिका सबै साथीलाई हार्दिक धन्यवाद ज्ञापन दिन चाहन्छु । भविष्यमा पनि यस्तै तरिकाले खेलकूदको विकासमा तल्लिन भएर लाग्नको लागि हौसला प्राप्त होस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
२९ अगस्ट २००९