Pokhara Marathon
  • Home
  • About
    • About Pokhara Marathon
    • Registration Fees
    • Cash Prizes for 2026
    • Accommodations Facilities
    • Elite Rules
    • Bank Account Details
    • Invitation
    • AIMS Certifications
    • Management Committee
      • 2027
      • 2025
      • 2024
    • Executive Committee
      • 2080-2084
      • 2078-2080
    • Advisory Committee
    • Race Director
    • Partners & Sponsors
    • Travel info
    • Messages
  • Races
    • 42.195 KM Marathon
    • 21 KM Half Marathon
    • 10 KM Race
    • 5 KM Race
    • Wheel Chair Race
    • Blinds Race
    • Run For Fun
  • Results
    • Result 2026
    • Result 2025
    • Result 2024
    • Result 2023
    • Result 2022
    • Results 2021
    • Results 2020
    • Results 2019
    • Results 2018
    • Results 2017
    • Result 2010
    • Result 2008
    • Result 2007
    • Result 2006
    • Result 2005
    • Result 2004
    • Result 2003
    • Result 2002
  • Updates
    • News
  • Gallery
  • Pokhara Stadium
    • कार्य समिति
    • अध्यक्षको मन्तव्य
    • सचिवको प्रतिवेदन २०६१
    • कोषाध्यक्षको प्रतिवेदन
    • शुभकामना
    • दाताहरुको नामावली
    • युकेबाट प्राप्त सहयोग
    • मातृभूमिप्रतिको स्नेह
    • रङ्गशालापर्खाल निर्माण एक सस्मरण
  • Monthly Run
  • Contact
    • Quick Contact
  • Race Portal
  • Register
  • Menu

कोषाध्यक्षको प्रतिवेदन

You are here: Home / Preservation of Pokhara Stadium / कोषाध्यक्षको प्रतिवेदन

कोषाध्यक्षको प्रतिवेदन

नेपालकै दोस्रो राजधानीको रुपमा परिचित प्राकृतिक सौन्दर्यको खानी सुन्दर नगरी पोखराको बिचमाअवस्थित खेलकूदको लागिविगत ३३ वर्ष अगाडिअधिग्रहण गरिएको जग्गा लथालिङ्गअवस्थित र विकृति अनि विसङ्गतिको क्रिडास्थलको रुपमा र व्यक्ति विशेषबाटअतिक्रमणहँुदै गएको यस स्थललाई पोखरेली नागरिक समाजले यस अतिक्रमणबाट बचाएर विकृति र विसङ्गतिको क्रिडास्थलमा होईन खेलकूदको पूर्वाधारहरु निर्माण गरेर स्वस्थ्य र असल नागरिक उत्पादन गर्ने खेलाडीहरुको वृहत भेलाहुने थलोको रुपमा स्थापित गराउनुपर्छ भन्ने आवाजहरु उठिरहेको थियो र यसलाई व्यवस्थित गर्न भनेर समितिहरु गठन गरेर कामगर्ने प्रयासहरु बेला–बेलामाहँुदै आएको पनि थियो तर पनि कामले पूर्णता भने पाउन सकेन तर पनि यस्ता समितिहरु गठन गर्ने प्रयास जारी थियो । त्यसै अनुरुप २०६१ सालअसोज २ गते तत्कालिन राष्ट्रिय खेलकूद परिषदका सदस्य जयराम हमाल ज्यूको प्रयासमा धेरै पटक पोखरेली नागरिक समाजको अगुवाई एवम् बुद्धिजीवी, खेलकूदका शुभचिन्तक, राजनीतिकपार्टी, व्यापारिक उद्योगपति, पत्रकारहरुको पटक–पटकको भेलाले खेलकूद क्षेत्रमा लागेकाव्यक्ति एंब राष्ट्रिय खेलकूद परिषद्का कर्मचारीहरु र नागरिक समाजबाटगरि जम्मा ९ सदस्यीय पोखरा रङ्गशाला पोखरा रङ्गशालापर्खाल निर्माण समिति, डा.विरेन्द्र सिंह गुरुङको अगुवाईमा गठनभएको थियो र उक्त निर्माण समितिमा मलाई आर्थिक सम्बन्धि रेखदेखका लागि विश्वासकालागि जिम्मेवारी दिनुभएकोमा त्यसप्रति म आभारी छु । आफ्नो वृद्धि र विवेकले भ्याए सम्म इमान्दारिता पूर्वक पारदर्शी रुपमाआफ्नो कर्तव्य निर्वाह गर्ने प्रयास गरेको छु । सुरुमा पर्खाल निर्माणका लागि मात्रहामीलाई रु.८९,२९,२२७।– अनुमानित खर्चको बजेट दिईएको थियो । त्यस अवधिमा समितिमा कुनै ठोस रकमको स्रोत नभएकाले यस समितिलाई कार्य पुरा गर्न ठुलो चुनौती पनिआएको थियो । कामको कार्यभार सम्हाली सकेपछि हाम्रा समितिका साथीहरुलाई सोच्नुपर्ने चिन्ताको विषयबनेको थियो । तर समिसतका साथीहरु मिलेर ठूलो हिम्मतका साथ काम अगाडीबढायौँ । फलस्वरुप ‘तँआट म पु¥याउँछु भन्ने उक्तिलाई अनुसरणगर्दै कामको जिम्मालियौँ र कामको अगाडी बढाईयो । समितिले मिति २०६१ मघ २९गते तत्कालिन राष्ट्रिय खेलकूद परिषद्कासदस्य सचिवश्री किशोर बहादुर सिंहज्यूबाट शिल्यान्यासभयो । उक्त शिल्यान्यासकै समयमा खेलकूदका शुभचिन्तक एवम् उद्योगपति, व्यापारी, बुद्धिजिवी, राजनितीक पार्टीका कार्यकर्ता, पत्रकार, प्रशिक्षक, खेलाडीहरुको भेलाबाट समाजमा केहि गर्छु भन्ने सोच भएका महान व्यक्तित्वहरुबाट चन्दा बोल्न सुरु भयो । उक्त शिलान्यासकै दिन करिब रु.५,००,०००।– कबुलभयो । त्यस बाट हामीअतिप्रभावितभयौँ र हामीमा काम गर्ने उर्जा थपियो । अनि यस समितिले पर्खाल निर्माणगर्ने कार्य अझद्रुतगतिमा लैजाने निर्णय भयो । त्यसै गरि यो समाचार देश–विदेश सम्म गुञ्जन पुग्यो र हामीले पनि स्वदेशमा मात्र नभई विदेशमा बस्ने स्वदेशी तथा विदेशी दानविर मित्रहरुको अगाडीहात फैलाउने प्रसास ग¥यौँ । फलस्वस्प बेलायतमा बस्ने नेपाली तथा विदेशीहरुलाई पनि यो महानकार्य निर्माणको सङ्कल्प प्रस्तावले छोयो । अनि बेलायतमा बस्नु हुने हाम्रा अभिन्न मित्रएवम् खेलकूदका शुभचिन्तक एवम् समाजसेवीहरुको जमघटले सुर्य गुरुङको संयोजकत्वमा पोखरा रङ्गशाला निर्माण अर्थ सङ्कलन उपसमिति, यूकेको रुपमा गठन गरी रु.४५,८४,७३५।–तथा अन्य यूके बाट प्राप्त रु.२,९७,०००।– गरी जम्मा रु.४८,८१,७३५।– सङ्कलन गर्नुभई हामीलाई सहयोग गर्नुभएको थियो । त्यसै गरि अरु देशमा बस्नुहुने नेपाली दाजूभाई दिदीबहिनीहरुले पनि चन्दा संकलन गरी पठाउनु भएको थियो । जस्तैः अमेरिका, हङ्कङ्, यू.ए.ई. लगायत विदेशबाट रकमहरु प्राप्तहुँदा हामी झन काम गर्न उत्साहितभयौं । यसरी विदेशबाट पैसा आएनथालेपछि स्वदेशमै बस्ने दानविरहरुलाई पनि सहयोय गर्न प्रेरणाजगायो । त्यसैले बेलायत लगायत अन्य देशमा रहनुहुने सबै चन्दादाताहरु प्रतिहामी सम्पूर्ण पोखरेलीआभारी छौँ । स्वदेशमापनि पोखरा उपमहानगरपालिका, राष्ट्रिय खेलकूद परिषद्, नेपाल भूतपूर्व खेलाडीमञ्च साहारा क्लब, प्याब्सन कास्की, पोखरा उपत्यकानगर विकास समिति, पोखरा उद्योग वाणिज्व संघ लगायत विभिन्न संघ–संस्था, व्यक्ति व्यक्ति विशेष बाट चन्दा संकलनगरि यस कार्य सम्पन्नगर्न मद्दतभएको थियो ।पर्खालको लागत खर्च रकम रु.८९,२९,२२७ ।– भए पनिहामीले पर्खाल र प्रवेशद्धार निर्माणको काम रु.५६,९३,३००।२२ मा सम्पन गरेकाथियौं । हामीलाई सबैबाटपाएको हौसलाकाकारण रङ्गशाला भित्र रहेकाअतिआवश्यक पूर्वाधार निर्माण गर्न अझै हौसला बढ्यो । र पोखरामा बस्ने अग्रजहरुका लागि र्मिर्नङवाक गर्ने ट्रयाक भन्ने सोचले ओतप्रोत भएर पर्खालको छेउछाउबाट वरीपरि रु.१५,४७,४१०।२१ कोलगानीमा मर्निङवाक ट्रयाक निर्माणगरियो । खेल मैलानमा हरियालीहुनु अतिआवश्यकठानी त्यसै बाटोको छेटछाउमा रु.६५,६९५।–को लागत वृक्षारोपणगरियो । यस वृक्षहरुलाई फलाउन फुलाउनको साथै सरसफाईको लागिपानीको अतिआवश्य कमहशुस गरी रु.१२,३०,८२८।९४को लागतमा रङगशालाको परिसरभित्रबोरीङ गरी पानी निकाल्ने काम गरियो । यस पुण्यकार्यमा सहयोग गर्ने दानवीर एवम् समाजसेवीहरुको नामपछि सम्म पनि जिवित रहोस् भन्ने उद्देश्यले रङ्गशालाको परिसरभित्र रु.४,९०,१५८।८४ को लागतमा चन्दादाताको नाम मार्वलमा लेखी डोनर्स पार्क निर्माणगरियो । विगत २०६१ साल देखी हाल सम्मका सबै काम पुरा भएको जानकारी गराउँदै पुनः यस पुण्यकार्यमा सहयोग गर्नुहुने संघ–संस्था, व्यक्ति विशेष र प्रत्यक्षतथाअप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण सहयोगी प्रति धन्यवाद टक्र्याउँदै आभार प्रकट गर्दछौँ । अन्त्यमा, यस कार्यमाभएको खर्च एवम् आम्दानीको बुँदागत लेखा प्रतिवेदन निम्नानुसार भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

बसन्त थकाली
कोषाध्यक्ष
पर्खाल निर्माण समिति
  • About Event
  • Entry Rules
  • Results
  • Volunteer

Certified by

AIMS World Athletics

Follow us on

Pokhara Intl' Marathon
Nepal Ex-Sportsman Forum
Pokhara-4, Gairapatan, 33700
Kaski, Gandaki, Nepal
Phone: 061-588716
info@pokharamarathon.org
© Copyright - Pokhara Marathon
  • Terms of Service
  • Privacy Policy
  • FAQ
Scroll to top