अध्यक्षको मन्तव्य
लगभग ३० वर्ष अघि वर्तमान पोखरा रङ्गशालाको ४३२ रोपनी जग्गा राष्ट्रिय खेलकुद परिषद्ले त्यस समयको सरकारमार्फत अधिग्रहण गरेर पोखरा र यस क्षेत्रको विकासका लागि सुवर्ण अवशर प्रदान गरेको हो । तर हाम्रो विडम्बना यस्तो महत्वपूर्ण खेल मैदानको त्यस समयमा नत राष्ट्रिय खेलकुद परिषदले नत स्थानिय स्तर मै राम्ररी सम्भार र संरक्षण हुन सक्यो । यस अवधिमा विशेष गरि पोखराको तिव्र गतिमा भईरहेको शहरीकरण र यसको दुष्परिणामबाट पनि यो मैदान अछुतो रहन सकेन । यस मैदानको वरीपरि शहरी मानव बस्तीको साथसाथै यो मैदानको विशेष गरेर पूर्वपट्टीको भाग थोरबहुत अतिक्रमणको सिकार बन्न गयो । यही स्थिती कायम रहे खेल मैदानले निकट भविष्यमा नै ठूलो भू–भाग गुमाउने शङ्काबाट आहात भएका पोखराको खेलप्रेमी परिवारबाट यो बहुमूल्य सम्पत्ति जसरी भएपनि जोगाउनुपर्छ र यसको सम्भार, सम्बद्र्धनका लागि स्थानिय स्तरबाटै प्रयासस हुनुपर्छ भन्ने मनसायका साथ अगाडी बढ्ने सोच भएको हो । यसै परिप्रेच्छेमा भू्पु खेलाडी मञ्चको सक्रियतामा समाजका सबै सम्बन्धित एकाईहरुसँग अन्तरक्रिया अगाडी बढाउँदा यसका लागि सबै तहबाट सकारात्मक सोच अघि आएकोले २०६१ साल असोज २८ गते सबै संघसंस्थाहरुको सामूहिक बैठकबाट घेरा पर्खाल लगाई खेल मैदानको संरक्षण र सम्वद्र्धनका लागि यो निर्माण समिति गठन भएको हो ।
त्यस बेला देशमा सङ्कटकालको अवस्थामा यो कार्य अति नै कठिन र चूनौतिपूर्ण भए तापनि स्थानिय र प्रवासमा रहेका नेपाली तथा विदेशी खेलप्रेमीहरुको खुला हृदयले गरेको उदाहरणीय सहयोग निर्माण समितिलाई लक्ष्य प्राप्त गर्न उत्साहजनक सहयोग प्राप्त भएकोमा हामी हृदयदेखि नै वहाँहरुप्रति आभारी छौँ । यसले एउटा सन्देश पनि समाजलाई दिएको छ कि निःश्वार्थ भावनाले सामाजिक कार्यमा लागे सहयोगका निम्ती भौगोलिक सीमा छेकवार हुँदैन र सहयोग संसारको सबै कुनाकाप्चाबाट प्राप्त हुन्छ ।
स्थानिय, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि यस कार्यलाई उल्लेखनीय सहयोग प्राप्त भएको छ र विशेष गरि पोखरा महानगरपालिकाबाट आफ्नो कार्यबोध आत्मसात गरि यस निर्माण कार्यको विभिन्न चरणमा सञ्चार माध्यमबाट पाईएको सकारात्मक सल्लाह सुझावप्रति हामी हृदयदेखि नै आभारी छौँ ।
पोखराको यो खेल मैदान आगामी दिनमा प्रश्तावित गुरुयोजना अनुसार विकशित भई देशकै प्रमूख क्रिडास्थल बन्न पुगोस् यही शुभकामना एउटा खेलप्रेमीको नाताले दिन चाहान्छु । पुनः एक पटक यो आयोजनालाई सहयोग पु¥याउने सबै संघ–संस्था तथा महानुभावहरुलाई ब्रिटेनको पूर्व प्रधानमन्त्री तथा दोस्रो विश्व यूद्धका महानायक Winston Churchill को भनाई “We make a living by what we get, but we make a life by what we give” उदृत गर्दै धन्यवाद गर्दछु ।