अध्यक्षको मन्तव्य
लगभग ३० वर्ष अघि वर्तमान पोखरा रङ्गशालाको ४३२ रोपनी जग्गा राष्ट्रिय खेलकुद परिषद्ले त्यस समयको सरकारमार्फत अधिग्रहण गरेर पोखरा र यस क्षेत्रको विकासका लागि सुवर्ण अवशर प्रदान गरेको हो । तर हाम्रो विडम्बना यस्तो महत्वपूर्ण खेल मैदानको त्यस समयमा नत राष्ट्रिय खेलकुद परिषदले नत स्थानिय स्तर मै राम्ररी सम्भार र संरक्षण हुन सक्यो । यस अवधिमा विशेष गरि पोखराको तिव्र गतिमा भईरहेको शहरीकरण र यसको दुष्परिणामबाट पनि यो मैदान अछुतो रहन सकेन । यस मैदानको वरीपरि शहरी मानव बस्तीको साथसाथै यो मैदानको विशेष गरेर पूर्वपट्टीको भाग थोरबहुत अतिक्रमणको सिकार बन्न गयो । यही स्थिती कायम रहे खेल मैदानले निकट भविष्यमा नै ठूलो भू–भाग गुमाउने शङ्काबाट आहात भएका पोखराको खेलप्रेमी परिवारबाट यो बहुमूल्य सम्पत्ति जसरी भएपनि जोगाउनुपर्छ र यसको सम्भार, सम्बद्र्धनका लागि स्थानिय स्तरबाटै प्रयासस हुनुपर्छ भन्ने मनसायका साथ अगाडी बढ्ने सोच भएको हो । यसै परिप्रेच्छेमा भू्पु खेलाडी मञ्चको सक्रियतामा समाजका सबै सम्बन्धित एकाईहरुसँग अन्तरक्रिया अगाडी बढाउँदा यसका लागि सबै तहबाट सकारात्मक सोच अघि आएकोले २०६१ साल असोज २८ गते सबै संघसंस्थाहरुको सामूहिक बैठकबाट घेरा पर्खाल लगाई खेल मैदानको संरक्षण र सम्वद्र्धनका लागि यो निर्माण समिति गठन भएको हो ।
त्यस बेला देशमा सङ्कटकालको अवस्थामा यो कार्य अति नै कठिन र चूनौतिपूर्ण भए तापनि स्थानिय र प्रवासमा रहेका नेपाली तथा विदेशी खेलप्रेमीहरुको खुला हृदयले गरेको उदाहरणीय सहयोग निर्माण समितिलाई लक्ष्य प्राप्त गर्न उत्साहजनक सहयोग प्राप्त भएकोमा हामी हृदयदेखि नै वहाँहरुप्रति आभारी छौँ । यसले एउटा सन्देश पनि समाजलाई दिएको छ कि निःश्वार्थ भावनाले सामाजिक कार्यमा लागे सहयोगका निम्ती भौगोलिक सीमा छेकवार हुँदैन र सहयोग संसारको सबै कुनाकाप्चाबाट प्राप्त हुन्छ ।
स्थानिय, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि यस कार्यलाई उल्लेखनीय सहयोग प्राप्त भएको छ र विशेष गरि पोखरा महानगरपालिकाबाट आफ्नो कार्यबोध आत्मसात गरि यस निर्माण कार्यको विभिन्न चरणमा सञ्चार माध्यमबाट पाईएको सकारात्मक सल्लाह सुझावप्रति हामी हृदयदेखि नै आभारी छौँ ।
पोखराको यो खेल मैदान आगामी दिनमा प्रश्तावित गुरुयोजना अनुसार विकशित भई देशकै प्रमूख क्रिडास्थल बन्न पुगोस् यही शुभकामना एउटा खेलप्रेमीको नाताले दिन चाहान्छु । पुनः एक पटक यो आयोजनालाई सहयोग पु¥याउने सबै संघ–संस्था तथा महानुभावहरुलाई ब्रिटेनको पूर्व प्रधानमन्त्री तथा दोस्रो विश्व यूद्धका महानायक Winston Churchill को भनाई “We make a living by what we get, but we make a life by what we give” उदृत गर्दै धन्यवाद गर्दछु ।
प्रा.डा विरेन्द्रसिंह गुरुङ
अध्यक्ष, पर्खाल निर्माण समिति
पोखरा रङ्शाला पर्खाल निर्माण समिति–२०६१
सचिवको प्रतिवेदन
४१५ रोपनी विशाल खेलकुद क्षेत्रफल भएको सुविधायुक्त रङ्गशाला पाउनु पोखरावासीको लागि गौरवको विषय हो भौगोलिक एंव सामाजिक दृष्ट्रिकोणले यस प्रकारको सुविधायुक्त खेलकुदको पूर्वाधार नेपालको अन्य कुनै शहरहरु प्राप्त छैन । त्यसैले यस रङ्गशाला मार्फत विविध खेलकुदका सम्भावनालाई अन्तर्राष्ट्रियकरण गरी नेपालको खेलकुद विकासमा नयाँ आयाम थप्न सकिन्छ । पोखरा रङ्शालामा अन्तर्राष्ट्रियस्तरका विविध खेलकुद गतिविधि सञ्चालन गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय स्तरका खेलकुदमध्ये भलिबल, फुटबल, हक्की, क्रिकेट, ब्याडमिन्टन, एथ्लेटिक्स, जिम्न्यास्टिक, ह्याण्डबल, बास्केटबल, टेबुलटेनिस, टेनिस, स्वीमिङ, आचरी, मार्शल, आर्टस, बक्सीङ जस्ता विविधि खेलकुद सञ्चालन गर्न सकिने सम्भावना भएतापनि संरक्षणको अभावमा पोखरा रङगशाला उजाड र उराठ अवस्थामा थियो । रङ्शाालामा घेरा पर्खाल नभएका कारण सिमाना अतिक्रमण हुनुका साथै यो एउटा सार्वजनिक स्थलको रुपमा प्रयोग भई खेलकुदको मानमर्दनमा समेत प्रश्न उठ्ने गरेका धेरै उदाहरण थिए । खेलकुदसंग असम्बन्धित तथा असामाजिक गतिविधिको रोकथाम गरी खेलकुदका गतिबिधिलाई निरन्तरता दिन समयमै हामीले केहि सोचेनौं र गरेनौं भने पछि यसलाई यथास्थानमा ल्याउन झन जटिल भई एकदिन यसको अस्तित्व नै मेटिएर जान सक्ने संभावना थियो । तर्सथ हाम्रो सहरको सम्पतिको संरक्षण र सम्वद्र्धन गरी भावी सन्ततिलाई सुमार्गको प्रेरणा दिने वातावरण बनाउनु हाम्रो सामाजिक दायित्व र कर्तव्य पनि थियो ।
यसै परिप्रेक्ष्यमा पोखरा रङ्गशालाको अवस्थाप्रति सम्बद्ध पक्षको ध्यानार्कषण गराई सामाजिक जागृित ल्याउने अभिप्रायले खेलकुदसंग सम्बन्धित खेलप्रेमीहरुलाई पुनः एकपटक एकताबद्ध गराउने प्रयास गरियो । यसप्रकारको बृहत् कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउने कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भएकाले पोखराको हरेक गतिविधिकोसँग सरोकार राख्ने सचेत पोखरावासी सामाजिक सङघ्÷संस्था, राजनैतिक व्यक्तित्व, सञ्चारकर्मी, शैक्षिक प्रतिष्ठान, उद्योग व्यावसायि, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं प्रशासनिक एकाई तथा पोखराको विकासमा सरोकार राख्ने विविध तह र तप्काका प्रतिष्ठित व्यक्ति र समुहको सामुहिक संलग्नता रहने गरी पोखरा रङ्गशाला पर्खाल निमार्ण समिति २०६१ गठन गरिएको थियो ।
पोखरा रङ्गशालाको ंसमुचित संरक्षणको लागि तत्काल पर्खाल एक मात्र प्रमुख विकल्प रहेको तथ्यलाई मध्येनजर राख्दै कार्य थालनी गर्ने क्रममा नापी विभाग कास्कीको सहयोगमा यसको चार किल्ला निर्धारण गरी नाप जाँच कार्य सम्पन्न गरियो भने पर्खाल निर्माणको लागि लाग्ने अनुमानित बजेट को समेत पोखरा उपत्यका नगर विकास समितिको आधिकारिक व्यक्ति (प्राविधिक) बाट लगत इष्टिमेट तयार गरियो ।
विविध खेलकुद विकासमा सम्भावना बोकेको पोखरा रङ्गशाला इतिहासले हामीलाई देखाएको यो वृहत् सम्पति भावी सन्ततीको नासो हो । आफ्नो सन्ततीलाई बेवास्ता गरेको अनुभुति भएमा जसरी आत्मा तड्पिन्छ त्यसै गरी हामी समस्त पोखरेली खेलप्रेमीहरू रङ्गशालाको बेवास्ताप्रती दुःखित थियौँ । अत खेलकुद संस्कृतिको विकासको माध्यमबाट पोखरालाई खेलकुद पर्यटन स्थलको रूपमा विकास गर्न सके राष्ट्रको अर्थतन्त्रमा समेत अनुकुल प्रभाव पर्नेमा हामी विश्वस्त छौं । हामी सबै मिलेर खेलकुदवाट सुन्दर भविष्य निमार्ण गरी भावी सन्ततीलाई उपहार दिन एकतावद्ध भई हामेमालो गर्ने अठोट ग¥यौं । संयुक्ततामा ठुलो शक्ति छ भन्ने दृढसङ्कल्पसहित हामी अगाडी बढ्यौ । फलस्वरूप आज यसले एक मुर्त रूप लिन सकेकोमा हामी ज्यादै खुसी पनि छौँ ।
भुतपूर्व खेलाडी मञ्चको अह्म भूमिका
आफ्नो युवा अवस्थामा विभिन्न खेलहरूको माध्यमद्धारा यस गण्डक क्षेत्रलगायत राष्ट्रकै प्रतिनिधित्व समेत गरिसकेका पूर्वखेलाडीहरूको पहलमा २०५८ सालमा भूतपूर्व खेलाडी मञ्च नेपाल गठन भएको हो । खेलकुद प्रतियोगिता आयोजना गर्ने, खेलकुदको महत्ववारे जनचेतना अभिवृद्धि गराउने र मुलुकको खेलकुद विकासवारे सरकारी निकायलाई उचित राय सुझावसहित ध्यानआर्कषण गराउनेजस्ता गतिविधि गदै जाने क्रममा लथालिङ्ग अवस्थामा रहेको पोखरा रङ्गशालाको उचित संरक्षण र सम्वद्र्धन गराउनेतर्फ यस मञ्चको ध्यानआर्कषण भएको थियो । फलस्वरूप आफ्नो स्थापना कालको दोस्रो वर्ष अर्थात २०५९ सालदेखि नै यस विषयको गाम्भीर्यतालाई अगाडी बढाउदै नागरिक समाज लगायत सम्बन्धित सरोकारवालालाई ध्यानआर्कषण गराउने कार्य तिव्र हुदै गयो । फलस्वरूप दुई वर्षपछि यो निमार्ण समिति गठन गर्ने कार्यले मूर्तरूप लिन सक्यो ।
निमार्ण समितिको गठन प्रक्रिया
मिति २०६१ साल असोज २८ गते पुनः एक पटक सबैको सामुहिक भेला गराई पूर्व खेलाडी एवं शिक्षाविद प्रा.डा.वीरेन्द्रसिंह गुरूङज्युको अध्यक्षतामा ७ सदस्यीय पोखरा रङ्गशाला प्रर्खाल निमार्णको कार्यसमिति गठन गरिएको हो । जुन समितिमा राष्ट्रिय खेलकुद परिषद्द्धारा निमार्ण तथा प्राविधिक शाखाको इञ्जिनियर १ र कानुन शाखा प्रमुख १ गरी थप २ सदस्य गरी ९ सदस्यीय बनाएको थियो । जसअन्र्तगत ३३ सदस्यीय सल्लाहकार तथा ४०१ जना सदस्यहरू हुनुहुन्छ ।
निमार्ण समितिको गठनपश्चात् हाम्रो बैठकले एउटा ठोस कार्ययोजना तयार पा¥यौं जसमा मुलुकभित्र र बाहिरका सम्भावित चन्दादाताहरूको नामावली तयार पा¥यौं । चन्दातातालाई सहयोग रकमको आधारमा दिइने सुविधाहरूको सुचि तयार पारियो र www.pokharacity.com को सहयोगमा www.pokharastudium.com.np नामक धभदकष्तभ निमार्ण गरी यसैको आधारमा देश भित्र र वाहिर प्रचार प्रसार गरियो ।
औपचारीक बैठक तथा समारोहहरूको विवरण
निमार्ण समिति गठन गर्न पूर्व मिति २०६१ आश्विन ८ गते शुक्रवार पोखरा रङ्गशालामा एक भेलाको आयोजना गरिएको थियो । विभिन्न खेलसँग आबद्ध पूर्व खेलाडीहरु खेलकुद पदाधिकारी, प्रशिक्षकहरूको भेलाले १३ सदस्यीय कार्यदल गठन गरियो । तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य श्री जयराम हमालज्यूको संयोजकत्वमा गठित उक्त समितिलाई पोखरामा क्रियाशिल विभिन्न संघ संस्था खेलप्रेमिहरूसँग अन्तरक्रिया गर्ने र सम्बन्धित निकायहरूसँग समन्वय गरी यथाशक्य चाडो पर्खाल निमार्ण समिति गठन गर्ने जिम्मेवारी दिइएको थियो । जुन समितिका सदस्यहरु बज्र के.सी, तेज गुरुङ, खडक रानाभाट, शिवशङ्कर रञ्जीत, दिनेश श्रेष्ठ, इन्द्र बहादुर गुरूङ, खेम गुरूङ, कृष्ण थापा ,वसन्त थकाली, टिका कार्की, मोतिराम गुरूङ र गणेशबहादुर भट्टराई हुनुहुन्थ्यो । यस समितिको विशेष पहल र प्रयास पश्चात् जम्मा २१ दिनको अवधिमा विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मी, राजनैतिक पार्टी सुरक्षा तथा प्रशासनिक निकाय, शिक्षण संस्था ,वित्तिय संस्था, पर्यटन व्यावसायी, उधोग तथा व्यापारीक प्रतिष्ठान, जातिय एवं विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिज्यूहरुसँग १२ वटा बैठक तथा अन्तरक्रियाहरु सम्पन्न गरी अन्ततः २०६१ साल असोज २८ गतेदेखि आजको मितिसम्म आइपुग्दा औपचारीक बैठक अन्तरक्रिया, रकम हस्तान्तरण, पत्रकार सम्मेलनको सङ्ख्या जम्मा ८८ पटक रहेका छन् ।
सञ्चारकर्मीको अहम् भुमिका
हामीलाई थाहा छ कि रङ्गशाला परिसरभित्रको जमिन मुआब्जालगायत अन्य केहि विवादित प्रसङ्गहरुको टुङगो लागीसकेको थिएन । तसर्थ जमिनको वादविवाद प्रसङ्गहरु पनि बेला बखत बाहिर आउने गरेको पाइन्थ्यो । यस्तो अप्ठारो परिस्थितिमा सञ्चारकर्मी मित्रहरुले मूलत २ वटा पक्षहरुलाई आफ्नो कलम चलाई निर्माण समितको आत्मबल बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाले हामीले महसुुुस गरेका छौँ । पहिलो महत्वपूर्ण भूमिका भनेको रङ्गशाला परिषद् भित्रको जमिनसँग सम्बन्धित केही असामाजिक व्यक्तिहरुले चाल्न थालेका गलत गतिविधिहरु विरुद्ध ज्यानको बाजी समेत लडाई र धम्कीको परबहन नगरी सत्य तथ्यको पक्षमा लडेर यस समितीप्रति लगाईएको गुन ताजा स्मरण छ भने पर्खाल निर्माण समितिको कार्यक्रम तथा गतिविधिहरुलाई ज्यादै उच्च प्राथामिकताका साथ एंव विद्यूतिय सञ्चारहरुमा प्रशारण गरी नागरीक समाजका माझमा यसको गम्भीर्यतालाई प्रष्ट पार्दै अर्थ सङ्कलनमा समेत ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस बाहेक सरकारी निकाय तथा व्यक्तिगत तवरबाट बचनबद्ध गरिएका तर समयमै उपलब्ध हुन नसकेका रकमहरु निकासाका लागि उचित सामाजिक दबाब सृजना गरी यसलाई सहज बनाउने कार्य समेत हँुदै आएको छ । यदी सञ्चारकर्मी मित्रहरुले यस विषयलाई स्थानिय एंव अन्तर्राष्ट्रिय स्तरमा समेत यो सन्देश नपू¥याईदिएको भए हाम्रो यो अभियान यति सहज हुने सम्भावना थिएन ।
समस्या र गुनासाहरु
हामीलाई थाहा छ वि.सं. २०६१ सालमा शसस्त्र दन्द्धका कारण मुलुकको अर्थतन्त्र तहसनहस थियो ।
व्यापार व्यावसाय ठप्प थियो । समाजमा चन्दा संकलन गर्ने अनुकुल वातावरण थिएन ।
सरकारको नजरमा सधैँ उपेक्षित रहने यस खेल क्षेत्रका लागि सरकारी निकायबाट उचित बजेटको आशा गर्ने अवस्था ज्यादै न्यून थियो । यस्तो विषम परिस्थितीमा ८०÷९० खालको योजना जन स्तरबाटै सङ्कलन गरी पर्खाल निर्माण गर्ने महत्वकांक्षी योजना कम चुनौतीपूर्ण थिएन ।
त्यसैले पनि होला निर्माण समिति गठन गरिएको बृहत भेलाको क्रममा राजनितिक एंव सामाजिक व्यक्तित्वहरु निर्माण समितिको मनोबलमा नकारात्मक प्रभाव पार्ने प्रक्रियाहरु समेत दिन चाहान्छौँ । जसले हामीलाई अझ बढी दृढ र सङ्कल्पित बनाउन थप उर्जा प्रदान ग¥यो ।
निर्माण कार्यको दौरानमा अर्को अवीस्मरणीय दुःखद क्षण थियोे जति बेला पोखरा उपत्यका नगर विकास समितीले राजमार्ग चौडा पार्ने क्रममा मापदण्ड बाहिरका संरचनाहरु भत्काउने कार्यको थालनी ग¥यो । जसअन्तर्गत पोखरा रङगशालामा अवस्थित २०४० सालमा निर्मित करिब २०० मिटर पूरानो पर्खाल समेत भत्काइयो र सोही स्थानमा रहेको रङ्गशालाको २ नम्बर गेट जसलाई पर्खाल निर्माण समितिले मर्मत सम्भार गरेको थियो । त्यसलाई समेत डोजर लगााई भत्काउने कार्य भयो ।
यो घटनालाई तत्कालीन केही छापाखानाहरुमा समाजमा नकारात्मक प्रमाव पार्ने खालका गलत समाचारहरु प्रसारण भए । निर्माण समितिको अविवेकीका कारण ‘निर्माण गरिएको पर्खाल पुनः भत्काउन प¥यो’ भन्ने खालका गलत समाचारहरु नेपाल र विदेशमा सम्प्रेषण भए जसले पर्खाल निर्माण समितिलाई ज्यादै दुः खित तुल्यायो । गुनासाहरु त्यी व्यक्तित्वहरुसँग रह्यो जसले समग्र समाजको अगाडी प्रतिबद्धता व्यक्त गरेको सहयोग रकमहरु पटक–पटक अनुनय विनय गरी पत्राचार गर्दा समेत प्राप्त गर्न सकिएन ।
हामी नागरीक समाजका ती मित्रहरुलाई आग्रह गर्न चाहान्छौ कि कृपया आफुले बचन दिएको बाचा पूरा गरेर सुसंस्कृत समाजको थालनी गरौँ ।
तमू धीं एशोसिएसन यूकेको अहम् भूमिका
नेपालको आर्थिक स्थिती ज्यादै नाजुक अवस्थामा रहेको बेला सुरुवात गरिएको यो परियोजनाले मूर्त रुप लिनका लागि एक मजबुत सहयात्री संस्थाको आवश्यकता थियो । ठिक यही समयमा पर्खाल निर्माण समितिको सामीप्यता बढ्न गयो तमू धीं यूकेसँग ।
मुलतः तमू (गरुङ) हरूको भाषा, संस्कृती, शैक्षिक र सामाजिक उत्थान गर्ने पवित्र लक्ष्य लिएर यूकेमा स्थापना भएको यो संस्थाले गैरतमूहरुको भईपरि आउने समस्या र दुःखदहरुमा पिन सदा साथ दिंदै आएको छ । यो प्रतिष्ठित संस्थासँगको आवद्धताले हाम्रो लक्ष्य परिपूर्ती गर्नमा अहम भूमिका खेलेको छ ।
बेलायत जस्तो अति व्यस्त देशमा क्रियाशिल मित्रहरुले आफ्नो व्यवहार, व्यावसाय र नोकरीको दैनिक व्यस्तता सँगै पर्खाल निर्माणका लागि समय समायोजन गर्नु कम गाह्रो विषय छैन । यस्तो परिस्थिीतीमा तमू धीं यूकेको सहयोगमा तमू धीं यूकेको पहलमा ९१ सदस्यीय पर्खाल निर्माण उपसमिति यूके समेत गठन गरी चन्दा संकलन कार्यलाई अगाडी बढाईएको हो ।
यही प्रयोजनका लागि मात्रै नेपालबाट कलाकारहरु मगाई च्यारिटी शो समेत तमू धीं नाममा एक प्रमूख गेट (द्धार) समेत निर्माण भएको हो ।
यदि तमू धीं एशोसियशन युकेसँगको सामीप्यता नभएको भए यो समितिले यो कार्यको मूलरुप लिनका लागि असम्भव प्राय थियो ।
पर्खाल निर्माण उप–समिति यू.के को विवरण
संयोजक श्री सुर्य गुरुङ
कोषाध्यक्ष श्री मुछेद्र गुरुङ
सह–कोषाध्यक्ष डा.जीत गुरुङ
पोखरा रङ्गशालाको पर्खाल निर्माण कार्यलाई सफलतापूर्वक सु–सम्पन्न गर्नका लागि संयोजक, कोषाध्यक्ष र सह–कोषाध्यक्ष सहित ९१ उपसदस्यीय पर्खाल उपसमिति गठन गरिएको थियो । जुन यस प्रकार रहेको छ ।
S.N. | Name of the Co-ordinates | Region |
1. | Dilip Kumar Gurung | Farnborough(Black Pool ) |
2. | Mohan Gurung | Plummeted |
3. | Rajkali Gurung | Aldershot |
4. | Dudh Gurung & Kumar Gurung | Gurkha Engineers, Maid Stone |
5. | Ex-major (GCO) L.B. Gurung & Mrs. Dilmaya Gurung | Farnborough |
6. | Sita Gurung | Kimberley |
7. | Ram Kuma Gurung | Aldershot |
8. | Om Gurung | Farnborough |
9. | Thakur Prasad Gurung | Fleet |
10. | Kamal Gurung | Aldershot |
11. | Shree Bhakta Gurung | Aldershot |
12. | Ram Chandra Gurung | Camberley |
13. | Ram Gurung | Camberley |
14. | Prof. Dr. Chandra Bahadur Gurung | Reading |
15. | Alit Gurung | Farnborough |
16. | Kamal Tamrakar | Reading |
17. | Narayan Kc | Farnborough |
18. | Hitkali Gurung | Aldershot |
19. | Khusiman Gurung | Guildford |
20. | Mrs. Manju Gurung | London |
21. | WO2 Jit Bahadur Gurung | Gorkha Signals |
22. | Min Prasad Guirung | Reading |
23. | Raj Pati Gurung | GTR North Camp 1 |
24. | Kusang Kumar Gurung | Sandhurst |
25. | Sgt. Deepak Gurung | Bramcote |
26. | Sangita Gurung / Barsha Gurung | Farnborough |
27. | Major Khusi Man Gurung & Capt Lachhya Gurung | Farnborough |
28. | Capt. (Retd.) Hitman Gurung MBE | U.K. |
29. | Miss Sumitra Gurung | Farnborough |
30. | Shera Gurung | Bath |
31. | Tamu Dhi Uk | Uk |
32. | Surya Gurung/Muchhetra Gurung | U.K |
विभिन्न स्वदेशी एंव विदेशीहरु गरी कुल ५९६ जना व्यक्तिहरुले उपसमिति यूकेमार्फत आ–आफ्नो सहयोग रकम प्रदान गर्नुभएको छ । संस्थागत सहयोगमध्ये सबैभन्दा धेरै तमू धीं एशोसियशन यूकेको रु.३,००,००० लाख छ भने व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमा एक पाउण्ड देखि श्री शेरागुरुज्यूको १२३० पाउण्ड अर्थात् ने.रु. १,५८,००।– सम्म रहेको छ ।
तमू धीं एशोसियसन यूके मार्फत सङ्कलित रकम बाहेक भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य श्री नविन ज्यू मार्फत विभिन्न मित्र राष्ट्रका खेलप्रेमीहरुले समेत यो अभियानलाई ज्यादै ठूलो सहयोग गर्नु भएको छ, जसमध्ये हुनुहुन्छ : बेलायती नागरिक Gunar Stromsholm / Rita Homer.
राष्ट्रिय खेलकुद परिषद्को भूमिका
राष्ट्रिय खेलकुद परिषद एक सरोकारवाला संस्था हो । जस अन्तर्गत यो सम्पूर्ण सम्पत्ति उक्त संस्थाको मातहतमा रहन्छ । पर्खाल निर्माणको सुरुवात देखि नै नितिगत विषयहरुमा सकारात्मक सहयोग प्राप्त भयो । जम्मा चार वटा चरणमा सम्पन्न गरिने लक्ष्य अनुरुप प्रत्येक चरणमा ५ लाखको दरले सहयोग गर्ने बचनबद्धता प्रकट भए तापनि दोस्रो चरणपछिका बजेट निकासा हुन सकेन ।
अन्य नितिगत एंव प्रशासनिक कार्यहरुमा राष्ट्रिय खेलकुद परिषद्ले सदा सहयोगको भूमिका निर्वाह गर्दै आएको हो ।
पोखरा उपमहानगरपालिकाको भूमिका
पोखरा उपमहानगरपालिका एक सरोकारवाला संस्था हो । निर्माण कार्यको सुरुवात देखि नै गरिएके अनुरोध पत्रप्रति नगरपालिका ज्यादै सकारात्मक देखिए पनि बाचा गरेको रु.१० लाख प्राप्त गर्न धेरै समय कुर्नुप¥यो ।
मुलुकको अस्थिर राजनीतिक परिस्थितीका कारण कार्यलय प्रमुखहरु ६÷६ महिना पनि नपुग्दै सरुवा हुने प्रवृतीले गर्दा पनि यो सहयोग रकम समयमै प्राप्त हुन ढिलाई भयो । फलस्वरुप निर्माण कार्यमा केही शिथिलता समेत छायो ।
अनन्त उक्त रकम प्राप्त गरे पश्चात् बाँकी रहेको पानी निकाल्ने कार्य पनि पोखरा रङ्गशाला परिषद्भित्र सम्पन्न भएको छ ।
सुरक्षा तथा प्रशासनिक निकायको भूमिका
निर्माण समितकिो प्रक्रिया गठन सुरु गर्ने क्रममा समेत सुरक्षा तथा प्रशाासनिक निकायका प्रमूख ज्यूहरुबाट निरन्तर सहयोग र सद्भाव प्राप्त गर्दै आईरहेको छ । जग्गा विवाद लगायत अन्य सम्भावित आउन सक्ने सुरक्षा र प्रशाासनिक विषयहरुमा निर्धक्क भई अगाडी बढ्न जुन हौसला प्राप्त भयो त्यसैले निर्माण समितिलाई थप उर्जा समेत प्राप्त भयो ।
देवीदत्त गण र प्रथम पृतनाका नेपाली , जनपद प्रहरी र शसस्त्र प्रहरीको कालिका गण र मुक्तिनाथ बाहिनीले पटक–पटक प्रत्यक्ष श्रमदान समेत गरी पर्खाल निर्माण तथा पोखराको खेलकुल विकासमा महत्वपूर्ण टेवा पू¥याउँदै आएको छ ।
पर्खालको बनोट
साढे १ (१.५) फिटको जग, ८ फिटको लम्बाई, ९ इञ्च मोटाईको चाईनिज इट्टाको पर्खाल माथि पाँच लाईनको काँडे तार र प्रत्येक दश–दश फिटको बिचमा १२ इन्चको आरबीसी पिलरको मापदण्ड अनुशार पर्खालको निर्माण भएको छ । जसलाई हामीले प्रत्येक ब्यलकको रु.१६,००० को प्याकेजको रुपमा चन्दादाताहरु माझ प्रस्तुत गरेको थियौँ ।
निर्माण समितिद्धारा बनार्ईएका प“ाचथान गेटबारे संक्षिप्त जानकारी
पोखरा रङ्गशालाको बृहत क्षेत्रफललाई मध्यनजर राख्दै यस समिति मार्फत ५ वटा गेट निर्माण भएको छ । यो समितिले तयार पारेको योजना र प्रश्ताव अनुशार सहयोगी संस्था वा व्यक्तिकै नाममा उक्त गेटहरु निर्माण भएका छन् ।
क) तमू धीं एसोसियसन यूके (गेट नं. ६)
रङ्गाशालाको दक्षिण पट्टि निर्माण गरिएको छ नम्बर गेटको निर्माण तमू धीं एशोसियसन युकेको सहयोगमा तयार पारिएको हो । ५ मी. चौडाई र ५ मी. उचाईमा निर्मित यो गेटका लागी उक्त संस्थाबाट रु.३ लाख प्राप्त भएको हो ।
ख) श्री शेरा गुरुङ (गेट नं.५)
कास्की जिल्ला अर्मलाकोटमा जन्म भई हाल यूके निवाशी क्रिकेटका पूर्व खेलाडी श्री शेरा गुरुङ ज्यूबाट आफ्नो सपरिवारको नाउँ श्रीमती सरा गुरुङ, छोरा अरुण गुरुङ र छोरी मनिषा गुरुङको नाममा रु. १,५८,००० प्रदान गर्नुभएको हो । यो गेटको साइज ४ मी. रहेको छ ।
ग) स्व. अर्जुन गुरुङ (गेट नं. ४)
गण्डकी अञ्चल खेलकुद विकाश समितिका पूर्व सचिव, मार्सल आर्टसका अनुशार चर्चित खेलाडी तेक्वान्दो खेललाई गण्डकी अञ्चलमा प्रवेश गराउने अग्रज खेलकर्मी एवम् संस्कृतिकर्मी स्वर्गीय अर्जुन गुरुङज्यूको पुण्य स्मृतिमा उहाँकी धर्मपत्नी खेलकर्मी श्रीमती देवी गुरुङज्यू, दाजु मेजर कृष्ण गुरुङ ज्यू लगायत सपरिवार रु. १,००,०००।– सहयोग प्राप्त भई उक्त गेट निर्माण गरिरएको हो । यो गेटको साइज ४ मी.× ३ मी. रहेको छ ।
घ) Gunar Stromsholm / Rita Homer. (गेट नं. ३)
मित्र राष्ट्र बेलायतको नागरिक, नेपाल र पोखरालाई माया गर्ने खेलप्रेमी एवम् खेलाडी श्री Gunar Stromsholm ज्यूबाट रु. १ लाख प्राप्त भई यो गेटको निर्माण गरिएकोे हो । भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य साहारा यूके FC का अध्यक्ष श्री नविन गुरुङ ज्यूको पहलमा यो रकम सङ्कलन भएको हो । यो गेटको साइज ४ मी.× ३ मी. रहेको छ ।
ङ) Rita Homer (गेट नं.२)
मित्र राष्ट्र बेलायतक नागरिक खेलप्रेमी श्रीमती Rita Homer ज्यूले आफ्नो स्व.श्रीमान् David Homer ज्यूको पुण्य स्मुतिमा रु. १ लाख प्रदान गर्नुभई यो गेटको निर्माण गरिएको हो । यो गेटको साइज ४ मी.× ४.५ मी. रहेको छ ।
पर्खाल सहित भएका उल्लेखनिय अन्य निर्माणहरुको संक्षिप्त विवरण
–३५३५ फिट लम्बाई पर्खाल –रु.४५,१४,२७७÷८०
–३५३५ फिट लम्बाई ६ फिटको चौडाईको (Foot Path) –रु. १५,४७,४१०÷२१ –५ वटा गेट –११,७९,०२२÷४२
–नाला निर्माण –रु.१,१८,८५०
–उत्तरपट्टीको तारजाली –रु. २,६१,०१५÷०७
–वृक्षारोपण –रु.६५,६९५
–बेरिङ पानी –रु.१२,३०,८२८÷९४
–मार्सल लेखन –२,७८,२४५÷३०
–डोनर्स पार्क –४,९०,१५८÷८४
विभिन्न मुलुकहरुमा प्राप्त रकमको संक्षिप्त विवरण
१५. विषेश धन्यवाद
पर्खालको लगत इस्टिमेट सहित निर्माण अवधिभर सक्रिय सहभागी भई प्राविधिक सहयोग गर्नुहुने उपत्यका नगर विकस समितिका ईन्जिनियर श्री किसनसिंह गुरुङ ज्यू र जग्गा सम्बन्धी साँध किल्ला सिमाङकन गर्न सहयोग पु¥याउने नापी विभाग कास्कीका अमिनद्धय श्री हुम बहादुर गुरुङ र नन्द बहादुर भट्टराईलाई विशेष धन्यवाद दिन चाहान्छौँ ।
बेलायत हङकङ र अमेरिका जस्तो व्यस्ता समाजमा रहेर आफ्नो मातृभूमिप्रति प्रगाढ स्नेह राख्दै यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन सक्रिय भूमिका निर्वाह पदाधिकारी सदस्य, सल्लाहकार समिति लगायतका पदाधिकारी, सदस्य, सल्लाहाकार गर्नु हुने तमू धीं एशोसियसन यूकेका संस्थापक अध्यक्ष श्री मिन बहादुर गुरुङ ज्यू लगायत सम्पूर्ण कार्यसमिति लगायत चन्ददाता महानुभावहरु, कलाकार मित्रहरुप्रति समेत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
पोखरा रङ्शाला पर्खाल निर्माण उप–समिति यू.के का संयोजक श्री सुर्य गुरुङज्यू, कोषाध्यक्ष श्री मुछेत्र गुरुङ ज्यू, सह–कोषाध्यक्ष डा. जीत गुरुङ लगायतका विभिन्न क्षेत्रमा क्रियाशिल संयोजक मित्रहरु, ९२ सदस्यीय समितिका मित्रहरु र विभिन्न नेपाली तथा गैर नेपाली चन्दादाता महानुभावहरुप्रति समेत आभार प्रकट गनै चाहन्छु ।
पोखरा–१ भीमकालीपाटन घर भई हाल हङ्कङ् निकासी ह्याण्डबल खेलका पूर्व राष्ट्रिय खेलाडी तथा भूपु खेलाडी मञ्चका आजीवन सदस्य श्री कमल गुरुङ् ज्यू र उहाँका मित्रहरुप्रति पनि धन्यवाद दिन चाहान्छु ।
पूर्व ब्रिटिस , गुल्मी घर भई हाल हङ्कङ् निवासी श्री कुल बहादुर बुढाथोकी ज्यू र Cheunkong Holding Ltd / Transland Limited Company का अन्य खेल प्रेमी महानुभावहरु, कास्कीकोट घर भई हाल अमेरिका निवासी भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी र भू.पू्् खेलाडी मञ्चका आजीवन सदस्य श्री देवी प्रसाद सुवेधी ज्य, पोखरा–१३ बाँझापाटन घर भई हाल अमेरिका निवासी ह्याण्डबल खेलका राष्ट्रिय खेलाडी तथा भू.पू. खेलाडी मञ्चका आजिवन सदस्य श्री राम प्रकाश गुरुङ ज्यू, र उहाँका मित्रहरु कास्की अर्मला घर भई हाल यूगोस्लाभिया निवासी श्री खोप बहादुर गुरुङ ज्यू तथा भू्.पू. खेलाडी मञ्चका आजिवन सदस्य श्रीमती रुपा गुरुङ (श्रेष्ठ) ज्यू प्रति पनि हार्दिक आभार प्रकट गर्न चाहान्छौँ ।
मुलुक भित्रका विभिन्न सङ्घ संस्थाहरु मध्ये राष्ट्रिय खेलकुद परिषद्, पोखरा उपमहानगरपालिका, भूतपूर्व खेलाडी मञ्च नेपाल, साहारा क्लव, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, नेपाल खेलकुद तथा साँस्कृतिक संघ, प्याब्सन कास्की निर्माण व्यावसायी समिति, शान्ती वन, पोखरा उद्योग वाणिज्य संघ, पोखरा उपत्यका नगर विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति प्रति पनि हामी हार्दिक आभार प्रकट गर्दछौँ ।
पर्खाल निर्माण अन्तर्गतको अर्को महत्वपूर्ण पक्ष थियो गेटहरुको निर्माण । पर्खाल निर्माणको क्रमसँगै बनाईएका ५ वटा गेट निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने तमू धीं एशोसियसन यूके लगायतका गेट नं. ४ (स्व.अर्जुन गुरुङ गेट) निर्माणदाता स्व. अर्जुन गुरुङकी धर्मपत्नी भूपू खेलाडी मञ्चका आजिवन सदस्य श्रीमती देवी गुरुङ ज्यू र परिवारजन, गेट नं. ३ का निर्माणदाता बेलायती नागरिक Rita Homer लाई विशेष धन्यवाद ज्ञापन गर्न चाहान्छौँ ।
हाम्रो यस अभियानलाई मुर्तरुप दिनका लागी सदा निर्भीकतापूर्वक समाचार सम्प्रेषण गरी स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत महत्वपूर्ण सन्देश प्रवाह गरिदिनु हुने सम्पूर्ण छापा तथा विधुतीय सञ्चार प्रतिष्ठानहरु, पत्राकार महासंघ र खेलकुद पत्राकार मञ्च, फोटो पत्राकार संघप्रति मुरीमुरी धन्यवाद ज्ञापन गर्न चाहान्छौँ ।
पर्खाल निर्माणको दौरानमा सुरक्षा तथा प्रशासनिक निकायबाट सदा सहयोग प्राप्त हँुदै आएको छ भने नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्धारा पटक–पटक पोखरा रङ्गशालाको पूर्वाधार निर्माण गर्न श्रमदानको रुपमा समेत सहभागीता जनाउँदै आएको छ यसको लागि समेत कही आभार प्रकट गर्न चाहान्छौँ ।
पर्खाल निर्माण कार्यको शुभारम्भ देखि नै प्रत्यक्ष रुपमा अन्तक्रियामा सहभागी हुनुभई विभिन्न समयमा उचित राय सुझाव र समन्वयकारी भूमिका निर्वाह गर्नुभएकोमा विभिन्न राजनितिक पार्टिका प्रतिनिधि ज्यूहरु, सभासद्ज्यूहरु, जातिय संघ–संस्थाहरु प्रति पनि हामी आभार प्रकट गर्न चाहान्छौँ ।
अन्तमा, यस अभियानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग र सहभागी हुनु हुने सम्पूर्ण सल्लाहाकारहरु ज्यूहरु र सबै खेलप्रेमी महानुभावमा निर्माण समितिको तर्फबाट पुनः एकपटक हार्दीक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
यहाँहरुको सहयोगले हाम्रो समाजमा खेल सस्कृतिको विकासमा ठूलो योगदान पुग्न जानेछ भन्ने कुरामा विस्वस्त छौँ । अन्त्यमा, प्रतिवेदनको क्रममा चन्दादाता वा कुनै सहयोगी महानुभावहरुको नाम ठेगाना तथा अन्य कुनै विवरणहरु तलमाथी हुन गएमा अन्जानबस हुन गएमा भूल सम्झिदिनुहुनेछ भन्ने सबै पक्षबाट अपेक्षा राख्दछु ।
धन्यवाद !
पोखरा रङ्गशालापर्खाल निर्माण एक संस्करण
सन् २००६ को सुरुमा पोखरा रङ्गशालापर्खाल निर्माण समितिले बेलायतबाट सहयोग जुटाउने उद्देश्यले गुरुयोजना वा नक्सा सहितको औपचारिक पत्र मार्फत बेलायतबासी नेपालीहरुको नाममा प्राप्त भयो । तारिख ५ मार्च २००५ मा गोर्खा प्यालेस रेष्टुरेन्टमा चन्दा उठाउने बारे विशेष बैठक बस्यो । त्यस बैठकमा बेलायतस्थित नागरिक समाज र तमू धीं यूकेको सदस्यहरुको विशेष उपस्थितीमा गुरुयोजनाको जानकारी मैले बैठकमा गराएँ । यसको लगत्तैपछि निम्नलिखित व्यक्तिहरु रहेको पर्खाल निर्माण उप–समिति यूके गठन भयो । उक्त समितिमा मुछेद्र गुरुङ कोषाध्यक्ष र जित गुरुङ सह–कोषाध्यक्ष रहनुभयो । चन्दा संकलन अझ बढी प्रभावकारी होस् भन्ने उद्देश्यले विभिन्न क्षेत्रहरुमा बसोबास गर्ने व्यक्तिहरुलाई प्रतिनिधीको रुपमा छनोट गरियो । यो समिति गठन भएपछि तदारुकताका साथ चन्दा संकलन गर्ने काम जारी भयो । समिति गठन गर्ने दिनमा ४२ जना मित्रहरुको उपस्थिती थियो भने पछि सबै ठाउँको प्रतिनिधि छनोट गर्ने समयमा ४२ जनाको चन्दा संकलन समिति गठन गरियो । त्यसपछि ११ मे २००५ मा कोषाध्यक्ष श्री मुछेद्र गुरुङ पोखरा जानुभई पहिलो चरणमा संकलित रकम हस्तान्तरण गर्नुभयो ।
यसरी योगदान प्रदान गर्दै आउने सम्बन्धमा तमू धीं यूकेको सक्रियतामा मार्चको अन्तिम र अप्रिलको पहिलो हप्तामा पर्खाल निर्माण सहयोगार्थ गायक दिपेशकिशोर भट्टराई र गायिका मौसमी गुरुङलाई बेलायतमा बोलाई सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । लोकप्रिय गायक श्री सपन कुमार राईले संगित संयोजन गर्नुभएको कार्यक्रममा बेलायतका स्थानिय कलाकारहरुले समेत आ–आफ्नो कला प्रर्दशन गर्नुभएको थियो ।
उक्त अविस्मरणीय कार्यक्रमहरु मेडन्स्टोन, केन्टमा र प्रिन्सेस हल, अल्डरसटमा भएको थियो । यसरी मूलुक बाहिर रहेर पनि देशभित्र भईरहेको निर्माणको सिर्जनात्मक कार्यमा नेपाली समूदायको देखाएको उत्सुकता र तत्परता ज्यादै सह्रानिय छ । यस कार्यमा तमू धीं यूकेको सक्रियता एवम् संयोजन पनि ज्यादै अविस्मरणीय छ ।
देशमा भईरहेको प्रतिकुल वातावरणको बाबजुद पनि यदी कसैले निर्माणको लागि सहयोगको हातहरु फिजाईरहँदा एक सचेत नागरिकको हैसियतले चुपचाप बस्न नसक्ने रहेछ । भन्ने वास्तविकताको प्रमाण पर्खाल निर्माणमा गरिएको सहयोगले देखाएको छ ।
यो पर्खाल निर्माण पछि यहाँ अन्तर्राष्ट्रिय स्तरका खेलहरु सञ्चालन गर्न सकिनेछ । यसरी राष्ट्रियस्तरमा पोखरा र अन्तर्राष्ट्रिय स्तरमा नेपाल विश्वमा परिचित हुनेछ भन्ने हामीलाई विश्वास छ । यदी सो कार्य सम्भव हुन सकेमा विश्व मानचित्रमा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सक्ने राष्ट्रको रुपमा परिचित हुनेछ । जसबाट खेल पर्यटनको विकास भई मूलुकको आर्थिक विकासमा ठूलो मद्दत पुग्नेछ ।
अन्त्यमा, यस अभियानलाई मूर्तरुप लिनको लागि सहयोग गर्नुहुने तमू धीं एशोसिएसन यूके विभिन्न क्षेत्रगत खटिनुभएका संयोजक साथीहरु, कलाकार मित्रहरु, र नेपाली तथा गैरनेपाली चन्दादाता महानुभावहरु उप–समिति यूकेको हैसियतले पुनःएक पटक हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु ।
यस्तै गरि यस अभियानलाई सरिक हुने अवसर प्रदान गर्नुभएकोमा पोखरेली नागरिक समाज र पर्खाल निर्माण समितिप्रति मेरो व्यक्तिगत एवम् सम्पूर्ण यूकेबासी चन्दादाताहरुको तर्फबाट समेत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यूकेको विभिन्न क्षेत्रमा सक्रिय रही अर्थ सङ्कलन गर्ने संयोजक मित्रहरुको नामावली तथा रकमको विवरण
S.N. | Name | Region | Remarks |
1. | Dilip Kumar Gurung | Farnborough (Black Pool) | ₤ 900 |
2. | Mohan Gurung | Plummeted | ₤ 180 |
3. | Rajkali Gurung | Aldershot | ₤ 240 |
4. | Dudh Gurung & Kumar Gurung | Gurkha Engineer, Maid Stone | ₤ 91 |
5. | Ex-major (GCO) L.B Gurung & Mrs Dil Maya Gurung | Farnborough | ₤ 405 |
6. | Sita Gurung | Cimberley | ₤ 250 |
7. | Ram Kumar Gurung | Aldershoot | ₤ 1310 |
8. | Om Gurung | Farnborough | ₤ 667 |
9. | Thakur Prasad Gurung | Fleet | ₤445 |
10. | Kamal Gurung | Farnborough | ₤330 |
11. | Shree Bhakta Gurung | Aldershot | ₤1665 |
12. | Ram Chandra Gurung | Aldershot | ₤1596 |
13. | Ram Gurung | Camberely | ₤ 221 |
14. | Prof. Dr. Chandra Bdr Gurung | Reading | ₤ 638 |
15. | Ajit Gurung | Farnborough | ₤ 390 |
16. | Kamal Tamrakar | Reading | ₤ 265 |
17. | Narayan Kc | Farnborough | ₤ 695 |
18. | Hitkali Gurung | Aldershot | ₤ 375 |
19. | Khusiman Gurung | Guildford | ₤ 236 |
20. | Mrs. Manju Gurung (Rai) | London | ₤ 2406 |
21. | WO2 Jit Bdr Gurung | Gorkha Signals | ₤ 2171 |
22. | Min Prasad Gurung | Reading | ₤ 1125 |
23. | Raj pati Gurung | GTR-North Camp | ₤ 425 |
24. | Kusang Kumar Gurung | Sandhurst | ₤ 460 |
25. | Sgt. Deepak Gurung | Bramcote | ₤ 395 |
26. | Sangita Gurung / Barsha Gurung | Farnborough | ₤ 90 |
27. | Major Khushi Man Gurung & Capt Lachhya Gurung | 1 RGR | ₤ 2840 |
28. | Capt (Retd) Hitman Gurung MBE | UK | ₤ 405 |
29. | Miss Sumitra Gurung | Farnborough | ₤ 13 |
30. | Shrea Gurung | Bath | ₤ 1230 |
31. | Tamu Dhee UK | UK | ₤ 2343 |
32. | Surya Gurung / Muchhetra Gurung | UK | ₤ 11050 |
सुर्य गुरुङ
संयोजक
पर्खाल निर्माण उप–समिति यूके
मातृभूमिप्रतिको स्नेह
लामो समयदेखि राजनीतिक तरलताले सिथिल र अस्तव्यस्त जस्तै बन्न पुगेको देशको खेलकूद क्षेत्रमा तरङ्ग उत्पन्न हुने गरी पोखराका उत्साहित भूतपूर्व खेलाडीहरुले खेलकूद क्षेत्रमा उदाहरणीय पाईलाहरु अगाडी बढाउँदै आएको छ । यसै सिलसिलामा खेलकूद क्षेत्रको उदासिनतालाई चिर्दै खेलकूद क्षेत्रमा विगत लामो समयसम्म महत्वपूर्ण योगदान दिएका खेलाडीहरुलाई समेटेर खेलाडीहरुको साझा मञ्च, भूतपूर्व खेलाडी मञ्च पोखराको गठनको खबरले हामी विदेशमा रहेका नेपाली खेलप्रेमीहरुलाई हर्षले गद्गद् बनाइको छ । मञ्चको गठनको खबरसँगै त्यसको सफलताको लागि शुभेच्छा र शुभकामना पनि हामीले पाएका थियौँ ।
वास्तवमा, त्यो पाईला पोखराको मात्र नभई देशकै खेलकूदको क्षेत्रमा पुनर्जागरणको लागि महत्वपूर्ण कडी सावित भएको छ । देशको यूवाशक्तिलाई सही बाटोमा डो¥याउने, उनीहरुको सर्वाङ्गिण विकासको लागि सहयोग गर्ने र उनीहरुमा प्रतिस्पर्धाको भावना जगाई उज्जल भविष्यको बाटो देखाउने काम खेलकूद क्षेत्रले नै गर्ने गर्दछ । यसै भएर नै हो, खेलकूदलाई विकास, अनुशासन र गतिशीलताको पर्यायको रुपमा चित्रण गर्ने गरिन्छ । पोखराको यस भूतपूर्व खेलाडी मञ्चले त्यही आशा जनाएको छ खेलाडीहरुमा ।
यस मञ्चले आफ्नो प्रारम्भिक कार्यक्रम क्षतविक्षत र अलपत्र परेर बसेको पोखरा रङ्गाशाको संरक्षण, संरक्षण, सम्वद्र्धन विकासबाट सुरु गरेको छ । विश्वमा नै अत्यन्त्यै सुन्दरतम् शहरहरुमध्ये एक रमणीय र सुन्दर नगरी पोखराको त्यो रङ्गशाला पोखराको गहना जस्तै थियो । अन्नपूर्ण, माछापुच्छ«े र धौलागिरी हिमालको काखमा अवस्थित यस रङ्गशालाबाट देखिने हिम श्रृङ्खलाहरुको मनोरम दृष्यलाई नियाल्दा जो कोही पनि मन्त्रमुग्ध नहुने कुरै थिएन । यस्तो रङ्गाशालाका संरक्षण हुन नसक्दा विभिन्न असामाजिक क्षेत्रहरुबाट यसको अतिक्रमण भई रङ्गाशालाको स्वरुप नै समाप्त प्रायः गरिएको थियो । उहाँहरुको कार्य थालनीको त्यो प्राथामिकता संयुक्त अधिराज्य बेलायतमा बसिरहेका हामी खेलप्रेमीहरुलाई पनि औधी मन परेको विषय थियो । र मञ्चले गरेको अनुरोधलाई सहर्ष स्वीकार गरि रङ्गशालाको संरक्षण र सम्वद्र्धको लागि सहयोग गर्ने प्रतिवद्धता हामीले ग¥यौँ ।
मञ्चले सहयोगको लागि गरेको अनुरोध अनुशार हामीले तमू धीं यूकेको नेतृत्व र सक्रियतामा रङ्गशालाको पर्खाल र गेट निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तिव्रतका साथ अगाडी बढायौँ । यही क्रममा तमू धीं यूकेका संस्थापक कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार सुर्य गुरुङको संयोजकत्वमा “पोखरा रङ्गशाला पर्खाल तथा गेट निर्माण आर्थिक सङ्कलन समिति” गठन गरी सहयोग संकलनको अभियानलाई सञ्चालन ग¥यौँ । सहयोग संकलनका लागि बेलायतमा बसोबास गर्ने हजारौँ नेपाली तथा विदेशी खेलप्रेमी माझ पुगी सहयोग उठाउने काम ग¥यौँ । कोष संकलनकै लागि नेपालबाट विभिन्न कलाकारलाई बेलायतबाट ल्याई साँस्कृतिक कार्यक्रमको आयोजना पनि ग¥यौँ । तमू धीं यूकेको संस्थाकै नाममा रङ्गशालाको मूलगेट बनाईदिेने निर्णय पनि ग¥यौँ र सोही बमोजिम अन्य विभिन्न गेट र पर्खाल निर्माणको लागि सहयोगहरु संकलन गर्ने काम हामीले सम्पन ग¥यौँ ।
तमू धीं यूकेको सक्रियतामा बेलायतबासी खेलप्रेमीहरुले गरेको यो सहयोगले पोखराको स्थानिय खेलकूदको विकासमा निकै ठूलो सहयोग पुगेको हुनुपर्दछ । रङ्गशालालाई पर्खालद्धारा सुरक्षित गरिंदा यसमाथी हुने अतिक्रमण रोकिएको छ , रङ्गशाला व्यवस्थित भएको छ, खेलकूदलाई नियमित, योजनाबद्ध र व्यवस्थित रुपले सञ्चालन गर्न अवश्य पनि मद्दत पुगेको हुनुपर्दछ । बेलायतमा रोजगारी बसेका नेपालीहरुले आफ्नो पसिनाको सानो अंश यस शिर्षकमा सहयोगको लागि प्रदान गरेको हो । म सहयोग संकलन समितिको तर्फबाट सम्पूर्ण सहयोगदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु र सहयोग गर्ने अवसर प्रदान गरेकोमा भूतपूर्व नेपाललाई धन्यवाद दिन्छु । यो थोपा–थोपा मिलि समुन्द्र बने जस्तै हो । र बेलायतमा बसेका नेपालीहरुले आफ्नो देश, मातृभूमि र जन्मभूमि प्रतिको दर्शाएको मायाको सन्देश पनि हो ।
देशमा खेलकूदको दिगो विकास गर्ने आधार भनेको त सरकारको दुरदृष्टिकोण सहितको योजनाबद्ध कार्यक्रम नै हो । विकासको हामीहरुले गर्न सक्ने सहयोग त केवल सहायक मात्र हुन् । हामीहरु नेपालले खेलकूदमा विकास गरेको हेर्न चाहिरहेका छौँ । नेपाल सरकारले दिर्घकालिन सोचहरुका साथ उपयुक्त खेलकूद नीतिहरु ल्याओस् सरकारसँग हाम्रो त्यही माग छ । भूतपूर्व खेलाडी मञ्चले छोटो अवधीमा पनि पोखराको खेलकूदको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको छ । यो अत्यन्त प्रशंसनीय छ । म मञ्चको उत्तर–उत्तर प्रगतिको कामना गर्दछु । म मञ्चको अध्यक्ष ज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिका सबै साथीलाई हार्दिक धन्यवाद ज्ञापन दिन चाहन्छु । भविष्यमा पनि यस्तै तरिकाले खेलकूदको विकासमा तल्लिन भएर लाग्नको लागि हौसला प्राप्त होस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
२९ अगस्ट २००९