पोखरा,  भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन यति बेला मञ्चले अभियान नै थालेको छ ।

“शान्ति र स्वास्थ्यका लागि” मूल नारासहित फागुन ३ गते पोखरामा हुने म्याराथन सफल बनाउन मञ्चले पोखरा महानगरका विभिन्न वडा, आमा समुह टोल विकास समितीको भेला आयोजना गरिरहेको छ । पोखरा म्याराथन नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको अग्रसरतामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यसै क्रममा शुक्रबार पोखरा वडा नं १ र तमु धिं कास्कीमा दुई छुट्टा छुट्टै भेलाहरु सम्पन्न भएको मञ्चले जनाएको छ । भेलामा मञ्चले सबै टोलका आमा समुह र टोल बिकासहरुलाई निम्तो समेत बाँडीरहेको छ ।

पोखरा महानगरपालिका वडा नं १ को कार्यालयमा शुक्रवार आयोजना गरिएको स्थानिय सरोकारवालाहरुसंगको छलफलमा मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आआफ्नो क्षेत्रमा दौडिदै आउने खेलाडीको मनोवल बढाउन सबै स्थानिय बासीहरु संग आग्रह गरे । उनले भने–“पोखरा म्याराथन सिंगो पोखरेलीहरुको आयोजना भएकोले यसलाई सफल बनाउने कार्य समेत हामी सबैको हो ।”

दौड अवधिभर सबै रुटमा आआफ्नो जातीय वा संस्थागत भेषभुषामा सजिएर रहिदिन, वाजागाजा सहित झाँकिसहित उपस्थित हुन, बाटोको दाँया बाँया घडा, कलशको व्यवस्था गरिदिन, सांस्कृतिक र सन्देशमूलक कार्यक्रम गरेर खेलाडीको हौसला वढाउन सकिने अध्यक्ष गुरुङले आग्रह गर्दै विश्वभरि बाट आउने खेलाडी तथा पाहुनालाई पोखरेलीहरुको माया र सदभाव पाउने विश्वास व्यक्त गरे । उनले भने– हाम्रो सानो सहयोगले खेलाडीको उत्साह बढाउने काम गर्छ र समाजमा खेलकुद संस्कृतिको विकास हुन्छ” उनले थपे–“खेलकुदको माध्यमबाट विश्व मानचित्रमा पोखरालाई परिचित गराउन र नेपाल भ्रमण वर्षलाई समेत टेवा पुर्याउन प्रतियोगिताले महत्वपूर्ण योगदान दिनेछ ।”

पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शारदा पराजुलीले हामीले वडा नं १ का आमा समूह, स्थानिय दाजुभाई, विद्यार्थी लगायत सबैको प्रतिनिधित्व हुनेगरि हरिचोक लगायतका चार स्थानमा स्वागतको लागि तयारीमा रहेको जानकारी दिइन ।

पोखरा म्याराथनलाई तमु धिंको साथ

आगामी फागुन ३ गते हुन गईरहेको १४ औं सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथनका लागि आयोजक भूतपूर्ब खेलाडी मञ्च नेपालले तमु धिं सँग शुक्रबार छलफल गरेको छ ।

बिगत देखिनै तमु धि ले ठुलो सहयोग गर्दै आएकोमा यस पटक फरक तरिकाले सहयोग गर्न आग्रह गरेको हो । तमु धि आफ्नो छुट्टै पहिचान भएको संस्था भएको हुदाँ आफ्नो सस्ंकृती भेषभूषा, बाजा गाजा पहिचान झल्कने प्लेकार्ड सहित आफ्नो ठाउँबाट सहयोग गर्न भूतपूर्ब खेलाडी मञ्चका अध्यक्ष तेज बाहादुर गरुङले आग्रह गरेका छन् ।

छलफलमा बोल्दै तमु धी को तर्फबाट कार्यबाहक अध्यक्ष हुम तमुले यस पटक पनि भूतपूर्ब खेलाडी मञ्च नेपालले गरेको अन्तर्राष्ट्रियको म्याराथन हामि सबैको भएको हुदाँ रुटमा परेका समाजले आफ्नो सस्ंकृती भेष भूषा, प्लेकार्डसहित र रुटमा नपर्नेहरु रंगशालामा जान आग्रह गरेका छन् ।

पोखरा, पोखरा संगै बेलायतमा समेत १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक बढ्दै गएको छ । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यू केले बेलायतमा संयोजनको भूमिका खेलिरहेको छ ।

पोखरा म्याराथन सफल बनाउन मञ्चले शनिवार बेलायतमा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तक्रिया कार्यक्रममा १८ औं सस्करणको बिजेतालाई यूकेमा हुने म्याराथनमा सहभागिता गराउने निर्णय भएको पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार पोखरा म्याराथनको विजेताले आगामी अप्रिलमा बेलायतमा हुने म्याराथनमा सहभागिता गराइने भएको हो । यस संगै बेलायत बाट धावक पवन महतो र सन्तोष राईले पोखरा म्याराथनमा सहभागिता गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा बर्नेट बोरो काउन्सिलका मेयर लक्ष्य बहादुर गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ सहित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अन्तक्रियामा सहभागि हुँदै पोखरामा हुने १८ औं संस्करणको म्याराथनलाई सफल बनाउन आह्वान समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

पोखरेली मञ्चले पोखरा म्याराथनलाई संयोजन गर्न पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईलाई संयोजक तोकेको छ । पोखरा म्याराथनमा सहभागिताका लागि उनकै नेतृत्वमा एक टोली पोखरा म्यारागनमा सहभागितका लागि पोखरा आउने तयारी समेत भइरहेको आर्थिक सल्लाहाकार कमल गुरुङ ‘धम्पुस’ ले बताए । पोखरा म्याराथन सफल बनाउने संगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले भएको उक्त अन्तक्रिया उपलव्धी मुलक रहेको उनले बताए ।

आर्थिक सल्लाहाकार गुरुङका अनुसार पोखरा म्याराथनका लागि बेलायतमा करिब ३ हजार पाउण्ड सहयोग रकम संकलन भएको बताए । “पोखरेली मञ्चले गत वर्ष ७ लाख ५० हजार प्रदान गरेका थियौं सायद त्यो रकम बराबर यो वर्ष समेत निरन्तरता दिनेछौं” उनले भने–“यसका साथै हामीले पोखरा म्याराथनका विजेताका लागि लण्डन बाटै आर्कषक मेडलहरु समेत ल्याउन लागेका छौं ।”

उक्त अन्तक्रिया कार्यक्रममा सहभागिहरुले पोखरा म्याराथन लोगो अंकित टिशर्ट, रिष्ट व्यान्ड लगाएत लोगोहरु लिएर सहभागिता जनाएका थिए । कार्यक्रम करिव ५ घन्टा सम्म चलेको थियो । खेलकुद मार्फत पर्यटन र खेलकुद बिकासका लागि पोखरेली मञ्चले गत वर्ष बाट आर्थिक रकम मात्रै सहयोग गरिरहेको छैन, बेलायत बाट समेत पोखरा म्यारथनमा सहभागिता गराउन अहम भूमिका खेलिरहेको छ ।

पोखरा, यहि फागुन ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली संचारकर्मीहरुले साथ दिने भएका छन ।

मञ्चले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्कीले म्याराथन सबैको हो भन्ने संस्कृतीको रुपमा मञ्चले खेलको भुमिका प्रशंसनिय रहेको बताए । उनले म्याराथनको समय फागुन ३ गते केही समयका लागि ट्राफिक ब्यवस्थापन गर्न सके सहभागीहरुलाई धेरैनै सहज हुने बताए ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पोखरा म्याराथनलाई अझै व्यापकता दिन पुरस्कार राशीमा वृद्धी गर्न आग्रह गरे । उनले भने–“पोखरा म्याराथन अब मञ्चको मात्रै कार्यक्रम रहेन यो सिङ्गो प्रदेश र पोखरा महानगर संग जोडिएको छ” उनले थपे–“पोखरा म्याराथनका सफल बनाउन प्रदेश सरकार र महानगर समेत सहयोगका लागि अगाडी आउन पर्छ ।”

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पोखरा म्याराथन हरेक खेलाडीको ‘मिसन’ बन्न सक्नुपर्ने कुरामा जोड दिए । “पोखरा म्याराथन हरेक खेलाडीको सपना बन्नु पर्छ” उनले भने–“विश्वको कुनै कुना बाट पनि एक जना धावक पोखरा म्याराथन जित्छु भन्ने आसयका साथ आओस । आयोजकले त्यो अवस्थामा पुर्याउन आधार बनाइदिनुपर्छ ।”

पोखरा म्याराथनको अवधीमा केही घन्टा यातयात संचालन हुन दिन नहुनृ तर्क अघि सार्दै अध्यक्ष श्रेष्ठले पोखराका यातयात व्यवसायीलाई समेत “यो हाम्रो पनि उत्सव हो, यो सबै पोखरेलीको हो” भन्ने कुरा आत्मसाथ गराउन आवश्यक रहेको बताए । उनले पोखराको म्याराथन संस्कृतीलाई घर–घरमा पुु्र्याउन र भाावी खेलाडी उत्पादन गर्न समेत अभियानका रुपमा लैजानु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज गुरुङले फागुन ३ गते हुने पोखरा म्याराथनलाई उत्सवको रुपमा अगाडी लैजान मञ्चले सबैलाई आह्वान गरेको बताए । उनले भने–“यो म्याराथन मात्रै होइन यसले समाजमा जागरुकता र सचेतना फैलाउने काममा समेत सहयोग गर्नेछ ।” उनले कार्यक्रममा यूनेष्कोका पूर्व अध्यक्ष डेभिडसन लिन्कन लगाएत विदेशी खेलाडीको समेत सहभागिता हुने बताए । उनले पोखरा म्याराथनलाई दिगो विकास लक्ष्य संग जोडिएर कार्यक्रम तय भएको जानकारी दिए ।

सो अवसरमा पोखरेली मंच यूकेका तथा सहारा यूकेका सल्लाहाकार महेश गुरुङ, मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, सचिब कृष्ण तिमिल्सना लगाएतले बोलेका थिए ।

१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन । यसै पोखरेली मंच यूकेको नेतृत्वमा एक टोली यूके बाट सहभागिताका लागि आउनेछ भने हङकङ, अमेरिका, जापान लगाएत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

पोखरा,  यहि फागुन ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन नेपाल प्रहरी र यातयात व्यवसायीहरुले सहमती प्रकट गरेका छन ।

मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन शुरक्षा र यातयात व्यवस्थापनको विषयमा विशेष जोड दिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताएका छन । पोखरा म्याराथनमा विशेष गरि म्याराथन रुटमा जथाभावी यातयात संचालन हुँदा खेलाडीले निकै समस्या भोग्नु परेको विगतको अनुभव सुनाउँदै अध्यक्ष गुरुङले यातयात र शुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए । यो पटक म्याराथनमा दौडनेको संख्या ह्वात्तै बढने र विदेश बाट समेत धेरैको संख्यामा पोखरा म्याराथनका लागि आउने भएकोले सबैले खेलकुद संस्कृतीलाई आत्मसात गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले पोखरेलीहरुलाई पोखरा म्याराथनलाई खेलकुदको बिकास र सार्वजनिक हितका लागि प्रयोग गर्न आग्रह गरेका छन । उनले भने–“पोखरा म्याराथन अभियान हो, पोखरामा रहेका हरेक सामाजिक संघ संस्थाहरु आ–आफ्नो संस्थाका तर्फ बाट सचेतना मुलक प्लेकार्ड सहित पोखराका हरेक चोकमा उभिएर खेलकुद संगै सामाजिक अभियानमा जुटन सक्छन ।” प्रहरी प्रमुख कार्कीले वर्षको एक दिन पोखराको प्रचारका लागि गरिएको कार्यक्रममा सबै पोखरेलीहरु ३ घन्टाको लागि सडकमा आउन आह्वान समेत गरे ।

सोही कार्यक्रममा बोल्दै पृथ्बीराजमार्ग बस व्यवसायी समितीका अध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन पोखरेली यातयात व्यबसायीहरु प्रतिवद्ध रहेको बताए । “म्याराथन सफल बनाउन यातयात ब्यावसायीहरु प्रतिबद्ध छन” उनले भने–“हामी सबै यातयात व्यवसायी संघ संस्थाहरु फागुन ३ गते कम्तिमा पनि ३ घन्टा म्याराथन रुटमा यातयात साधन नचलाउन आग्रह गर्ने छौ ।” यसका लागि आयोजक र प्रहरी संग मिलेर योजना बनाउने उनले बताए ।

सो अबसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रलाल कर्ण, पोखरा महानगर पािलकाका वडा नं १३ का अध्यक्ष लेख बहादुर तामाङ, विन्दयबाशिनी यातयात ब्यवसायीका सचिब प्रमोद दवाडी, मञ्चका प्रथम उपाध्यक्ष हरि पराजुली, सचिब कृष्ण तिमिल्सिना लगाएतले फागुन ३ गते पोखरा म्याराथन सफल बनाउन सबै संग आग्रह गरेका छन ।

पोखरा । यहि फागुन ३ गते पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन । भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा यस्तो कुरा मन्त्री गुरुङले बताएका हुन् ।

पोखरा म्याराथन पोखरा र प्रदेशकोमात्र नभई नेपालकै पहिचान भएको कुरामा जोड दिंदै मन्त्री गुरुङले म्याराथनले अब पोखराको मात्र पहिचान नबनाई अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउँन सबै क्षेत्रबाट साथ दिन उनले आग्रह समेत गरे । उनले भने–“यसलाई अझ बृहत बताउन सबैले पहल गरौं ।” वर्षको एक दिन सहभागितामात्र नसोचि स्वास्थ्यका लागि दौडने वातारण बताउन तर्फ लाग्नुपर्ने उनको जोड थियो । म्याराथनलाई साथ दिन प्रदेश सरकार संरक्षकको भुमिकामा रहने पनि मन्त्री गुरुङले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले म्याराथनलाई महानगरको पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे । उनले भने–“पोखरामा ७ हजार मात्रै होइन १४ हजार दौडिनुपर्छ र यसलाई सफल बनाउन पर्छ ।” उनले पोखरा भगिनी सम्वन्ध रहेका शहरहरुमा यसको प्रचार प्रसार र सहभागिताका लागि पत्रचार समेत गरिएको जानकारी दिए ।

त्यस्तै मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले गरेको ऐतिहासिक कार्यको बारेमा जानकारी दिएका थिए ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्बोन लिंकन डेभिड्सन लिन्कोनसहितको टोली आउने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन । यसै पोखरेली मंच यूकेको नेतृत्वमा एक टोली यूके बाट सहभागिताका लागि आउनेछ भने हङकङ, अमेरिका, जापान लगाएत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको www.pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।
तस्बिरः मनिलाल गुरुङ

लंडन — शनिबार ,११ जनवरी २०२० का दिन गोर्खा प्यालेस,रेस्टुरेन्ट फार्नब्रोमा बसेको पोखरेली मंच यु के को बैठकले भु पु खेलाडी मंच ,नेपालको आयोजनामा हुन गइरहेको “१४औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७६” लाई भब्य रूपमा सम्पन्न गराउन अन्तर्राष्ट्रिय सहयोगी सस्थाको हैसियतले पोखरेली मंच यु के ले अठार सदस्यीय सल्लाहकार रहने गरि श्रीमती मन्जु गुरुङ्ग राईको संयोजगत्वमा “१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग मुल समिती यु के ” गठन भएको छ।

उक्त मुल समितिमा सह- संयोजक भु.पु.डि एस पि श्री वचस्पती रेग्मी , अर्थ संयोजक श्री कमल गुरुङ्ग ( धम्पुस) अर्थ सल्लाहकार श्री रामचन्द्र गुरुङ्ग(सुर्जे ) सहित अठार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।उक्त सल्लाहकार समितिमा रहनु हुने सामाजिक ब्याक्तित्व हरु :

१)एन आर एन यु के का संरक्षक श्री सुर्य गुरुङ्ग

२)भु पु प्रधान अध्यापक श्री महेश गुरुङ्ग

३) पोखरेली मंच यु के का सस्थापक अध्यक्ष क्या (रि)श्री चन्द्रबहादुर पुन

४) मेजर (रि) श्री खुशीमान गुरुङ्ग एम भि ओ ( वेल्स)

५) )भु पु प्रधान अध्यापक श्री एकेन्द्र गुरुङ्ग

६) श्री लोक गुरुङ्ग ( तान्चोक)

७)क्या (रि)श्री राजु गुरुङ्ग , बरालडाडा,कास्की

८)ले श्री चन्द्र गुरुङ्ग ( चारभन्ज्याङ्ग,पर्वत )

९) श्री नन्दजङ्ग गुरुङ्ग ,सिक्लेस

१०)श्री कुमार गुरुङ्ग , अध्यक्ष सहारा यु के

११)श्री शिवचन्द्र गुरुङ्ग

१२)श्री चन्द्रमान गुरुङ्ग,अध्यक्ष बगर भाईखलक यु के

१३)श्री हितकाजी गुरुङ्ग

१४)श्री नरजङ्ग गुरुङ्ग

१५)श्री राम गुरुङ्ग सस्थापक अध्यक्ष रामबजार सोसाइटी यु के १६)ले ( रि) श्री कुसङ्ग गुरुङ्ग

१७) श्री रमेश बास्तोला ,रानी पौवा

१८)श्री दिलरास गुरुङ्ग

लाई सर्वसम्मत बाट मनोनीत गरिएको छ।

उक्त मुल सहयोग समितिमा पोखरेली मंच यु के का सल्लाहकार र कार्यसमिति पदेना सदस्य रहनेछ । नवगठित मुल सहयोग समितिको बारेमा जानकारी दिदै “१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन “का अन्तर्राष्ट्रिय सहयोगी सस्था पोखरेली मंच यु केका अध्यक्ष मान प्रसाद गुरुङ्गले कार्यसफलताको शुभकामना व्यक्त गरे ।

पोखरा, भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन ३ गते अर्थात ११ जनवरी, २०२० शनिबार हुने “१४ औ पोखरा सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन यूकेमा समेत चासो बढ्दै गएको छ ।

पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मंच यूकेले हालै एक भेला सम्पन्न गरि पोखरा म्याराथन सफल बनाउने बारे छलफल समेत गरेको छ । सोही भेलाले पूर्व भलिबलकी राष्ट्रिय खेलाडी एवम समाजसेवी मन्जु गुरुङको संयोजकत्वमा “१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग मुल समिती युके” गठन गरेको छ ।

उक्त समितीको सह-संयोजकमा नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पती रेग्मी, अर्थ संयोजकमा कमल गुरुङ्ग (धम्पुस), अर्थ सल्लाहकारमा रामचन्द्र गुरुङ्ग (सुर्जे) सहित अठार सदस्यीय सल्लाहकार समिति गठन गरिएको पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले जानकारी दिएका छन ।

समितीको सल्लाहकार समितिमा यूके स्थित सामाजिक ब्यक्तित्वहरुमा एन आर एन युकेका संरक्षक सुर्य गुरुङ्ग, भुतपूर्व प्रधान अध्यापक महेश गुरुङ्ग, पोखरेली मंच युकेका सस्थापक अध्यक्ष क्या. (रि) चन्द्रबहादुर पुन, मेजर (रि) खुशीमान गुरुङ्ग एम भि ओ (वेल्स), भुपु प्रधान अध्यापक एकेन्द्र गुरुङ्ग, लोक गुरुङ्ग (तान्चोक), क्या. (रि) राजु गुरुङ्ग, (बराल डाँडा, कास्की), ले.चन्द्र गुरुङ्ग (चार भन्ज्याङ्ग,पर्वत), नन्दजङ्ग गुरुङ्ग (सिक्लेस), कुमार गुरुङ्ग, (अध्यक्ष सहारा युके) रहेका छन ।

त्यसै गरि शिवचन्द्र गुरुङ्ग, चन्द्रमान गुरुङ्ग, अध्यक्ष बगर भाईखलक युके, हितकाजी गुरुङ्ग, नरजङ्ग गुरुङ्ग, राम गुरुङ्ग सस्थापक अध्यक्ष रामबजार सोसाइटी युके, ले (रि) कुसाङ्ग गुरुङ्ग, रमेश बास्तोला, रानीपौवा, दिलरास गुरुङ्ग सर्वसम्मत बाट मनोनीत गरिएको छ । उक्त मुल सहयोग समितिमा पोखरेली मंच युकेका सल्लाहकार र कार्यसमिति पदेन सदस्य रहनेछन ।

नवगठित मुल सहयोग समितिलाई “१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” का अन्तर्राष्ट्रिय सहयोगी सस्था पोखरेली मंच युकेको तर्फबाट अध्यक्ष गुरुङले बधाई तथा शुभकामना दिएका छन ।

पोखरा, यहि फागुन ३ गते पोखरामा हुने पोखरा १४ औं अन्तर्राष्ट्रिय पोखरा सफल म्याराथन गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।

भुतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् । उनले पोखरा म्याराथन पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको एक महत्वपूर्ण खेलकुद कार्यक्रम भएको बताउँदै भने–“प्रदेश सरकार अहिले यस्ता खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको छ । पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकार संधै यहाँहरुको साथमा छ ।”

विश्वमा खेलकुदलाई जोडेर बिकासका आधारहरु अगाडी बढेको बताउँदै मन्त्री लम्सालले पोखरा म्याराथनलाई निरन्तरता दिन सके भोलिका पिंढीहरुलाई समेत खाका कोर्न सहयोग पुग्ने बताए । पोखराको रंगशाला संरक्षण भुमिका खेल्न साथै पोखरालाई खेलकुदका माध्यमबाट चिनाउन कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै सबैले आशा गरे अनुरुप अनुसार मन्त्रालयले बजेटका कारण गर्न नसकेको उनले स्वीकारे । म्याराथन पोखरा र प्रदेशको परिचयसँग जोडिएको हुँदा यसलाई भव्यरुपमा साथ र सहयोग गर्न सबैलाई लम्सालले आग्रह गरे ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको भनाई थियो ।

१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने मंचले जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।

कार्यक्रममा भ्रमण वर्ष २०२० गण्डकी प्रदेश आयोजक समितीका संयोजक एवम वातावरणविद जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालय महाशाखा प्रमुख डिल्लीराम रिजालको समेत उपस्थिती रहेको थिए । सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए ।