https://pokharamarathon.org/wp-content/uploads/2021/10/pokhara-marathon-2022.png793736adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2021-11-08 06:00:172021-11-08 06:03:31१६ औं सफलपोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ का नगद पुरुस्कारहरु
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन असोज ३ गते हुने भएको छ ।
मञ्चको मंगालबार सम्पन्न बैठकले असोज ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती समेत गठन गरेको छ ।
बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, मञ्चका द्वितिय उपाध्यक्ष तथा प्रखेप गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, मञ्चका आजिवन सदस्य तथा सहारा युकेका वरिष्ठ सल्लाहाकार महेश गुरुङ लगायतको सहभागिता रहेको थियो ।
https://pokharamarathon.org/wp-content/uploads/2021/08/manch-photo-780x470-1.jpg470780adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2021-08-26 05:37:482021-08-26 05:39:05भूतपुर्व खेलाडी मञ्चको साधारण सभा असोज ३ गते हुने
पोखरा स्पोर्टस। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ ।
सो बारे जानकारी दिन मञ्चद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथन सँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको हो । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए । उनले भने–“म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउन यसको भुमिका रहेको छ ।”
कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन । मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि वढेको बताउँदै उनले म्याराथन सँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरु तय गरेको बताए ।
पोखरा म्यारथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला/पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र/छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ । प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्चका महासचिब खेम गुरुङले जानकारी दिएका छन ।
त्यस्तै ह्विल चियर महिला/पुरुष तथा दृष्टिविहिन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन भने १० किलोमिटर महिला/पुरुष तर्फ विजेत खेलाडीले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र÷छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
पोखराको प्रतिष्ठित औधोगिक संस्था सफल दुधको मुख्य प्रायोजनमा हुने १५ औं सस्करणको पोखरा म्यारथन सम्पन्न गर्न करिव ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैर आवासिय नेपाली संघ युके, गैर आवासिय नेपाली संघ हङकङ लगाएत अन्य उद्योग तथा व्यवसायीले सहयोग गर्ने छन भने नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने भएको मञ्चले जनाएको छ ।
पोखरा म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिएका छन । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सवै पोखरेलीहरुलाई आफ्नो परम्परागत भेष भुषा तथा बाजा गाजा सहित खेलाडीलाई घर आङ्गन र चोकहरुमा उभिएर स्वागत गर्न उनले आग्रह गरेका छन ।
मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका उप–निर्देशक निरज श्रेष्ठ मञ्चका सचिब कृष्ण तिमिल्सिनाले पोखरा म्याराथनलाई सदा झैं सफल बनाउन आग्रह गरेका थिए ।
https://pokharamarathon.org/wp-content/uploads/2021/01/137627176_1147164645712928_2784036382237175017_n.jpg10482048adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2021-01-28 07:58:042021-01-28 11:22:56१५ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन फागुन १ गते, महिलाको हाफ म्याराथन जोडियो
https://pokharamarathon.org/wp-content/uploads/2020/04/Support-Pradesh-780x470-1.jpg470780adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2020-04-19 09:49:252020-04-19 09:50:31मञ्च द्वारा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको राहत कोषमा सहयो
https://pokharamarathon.org/wp-content/uploads/2020/04/Safal-Marathan2020-02-13-08-23-03.jpeg8111700adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2020-04-19 09:27:082020-04-19 09:27:11सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार
https://pokharamarathon.org/wp-content/uploads/2020/03/11.jpg899930adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2020-04-19 09:25:242020-04-19 09:25:27पोखरा म्याराथन जापानका धावकले जिते, पाए दुई लाख
https://pokharamarathon.org/wp-content/uploads/2020/04/kiran-gurung-1.jpg6731162adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2020-04-19 09:08:262020-04-19 09:08:30‘पोखरा म्याराथन सफल बनाउन हामी सबैको दायित्व’ : मन्त्री गुरुङ
https://pokharamarathon.org/wp-content/uploads/2020/04/prithi-shubba-gurung.jpg8501412adminhttps://pokharamarathon.org//wp-content/uploads/2020/01/transparent__.pngadmin2020-04-19 09:04:472020-04-19 09:04:54पोखरा म्याराथन : मुख्यमन्त्रीले दाैडिँदै भने ‘जीवनमै धेरै आज दाैडिएँ’