
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन असोज ३ गते हुने भएको छ ।
मञ्चको मंगालबार सम्पन्न बैठकले असोज ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती समेत गठन गरेको छ ।
बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, मञ्चका द्वितिय उपाध्यक्ष तथा प्रखेप गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, मञ्चका आजिवन सदस्य तथा सहारा युकेका वरिष्ठ सल्लाहाकार महेश गुरुङ लगायतको सहभागिता रहेको थियो ।
पोखरा स्पोर्टस
Leave a Reply
Want to join the discussion?Feel free to contribute!