पोखरा,  यहि फागुन ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन नेपाल प्रहरी र यातयात व्यवसायीहरुले सहमती प्रकट गरेका छन ।

मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन शुरक्षा र यातयात व्यवस्थापनको विषयमा विशेष जोड दिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताएका छन । पोखरा म्याराथनमा विशेष गरि म्याराथन रुटमा जथाभावी यातयात संचालन हुँदा खेलाडीले निकै समस्या भोग्नु परेको विगतको अनुभव सुनाउँदै अध्यक्ष गुरुङले यातयात र शुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए । यो पटक म्याराथनमा दौडनेको संख्या ह्वात्तै बढने र विदेश बाट समेत धेरैको संख्यामा पोखरा म्याराथनका लागि आउने भएकोले सबैले खेलकुद संस्कृतीलाई आत्मसात गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले पोखरेलीहरुलाई पोखरा म्याराथनलाई खेलकुदको बिकास र सार्वजनिक हितका लागि प्रयोग गर्न आग्रह गरेका छन । उनले भने–“पोखरा म्याराथन अभियान हो, पोखरामा रहेका हरेक सामाजिक संघ संस्थाहरु आ–आफ्नो संस्थाका तर्फ बाट सचेतना मुलक प्लेकार्ड सहित पोखराका हरेक चोकमा उभिएर खेलकुद संगै सामाजिक अभियानमा जुटन सक्छन ।” प्रहरी प्रमुख कार्कीले वर्षको एक दिन पोखराको प्रचारका लागि गरिएको कार्यक्रममा सबै पोखरेलीहरु ३ घन्टाको लागि सडकमा आउन आह्वान समेत गरे ।

सोही कार्यक्रममा बोल्दै पृथ्बीराजमार्ग बस व्यवसायी समितीका अध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन पोखरेली यातयात व्यबसायीहरु प्रतिवद्ध रहेको बताए । “म्याराथन सफल बनाउन यातयात ब्यावसायीहरु प्रतिबद्ध छन” उनले भने–“हामी सबै यातयात व्यवसायी संघ संस्थाहरु फागुन ३ गते कम्तिमा पनि ३ घन्टा म्याराथन रुटमा यातयात साधन नचलाउन आग्रह गर्ने छौ ।” यसका लागि आयोजक र प्रहरी संग मिलेर योजना बनाउने उनले बताए ।

सो अबसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रलाल कर्ण, पोखरा महानगर पािलकाका वडा नं १३ का अध्यक्ष लेख बहादुर तामाङ, विन्दयबाशिनी यातयात ब्यवसायीका सचिब प्रमोद दवाडी, मञ्चका प्रथम उपाध्यक्ष हरि पराजुली, सचिब कृष्ण तिमिल्सिना लगाएतले फागुन ३ गते पोखरा म्याराथन सफल बनाउन सबै संग आग्रह गरेका छन ।

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *